गठबन्धनलाई सहयोग गर्न नागरिक उन्मुक्तिलाई कांग्रेसको आग्रह « Khabarhub

गठबन्धनलाई सहयोग गर्न नागरिक उन्मुक्तिलाई कांग्रेसको आग्रह


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनलाई सहयोग गर्न नागरिक उन्मुक्ति पार्टीलाई आग्रह गरिएको छ।

नेपाली कांग्रेस कैलाली जिल्ला पार्टी कार्यालय धनगढी बसेको गठबन्धन आवद्ध दलहरूको बैठकले सत्ता गठबन्धनमै रहेको नागरिक उन्मुक्ति पार्टीलाई सहयोग गर्न आग्रह गरेको हो।

बैठकले कैलाली जिल्लामा रहेका प्रदेश सांसद, नगरपालिका प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षसँग प्रत्यक्ष सम्पर्क गरेर जिल्लामा समन्वय गर्ने निर्णय गरेको कांग्रेस कैलालीका सचिव केशव राज मिश्रले बताए। ‘गठबन्धन दलहरू एक भएर अगाडि बढ्नुपर्छ। यसले राम्रो सन्देश पनि दिन्छ। अहिले विभाजित हुने बेला होइन्, सबैले मिलेर विकास गर्ने बेला हो,’ मिश्रले भने।

मिश्रको संयोजकत्वमा बसेको बैठकमा नेकपा माओवादीका तर्फबाट दुर्गा वडुवाल, नेकपा समाजवादीबाट दीर्घराज कापडी जोशीलगायतको सहभागिता रहेको थियो।

बैठकमा राष्ट्रियसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस कैलाली सभापति नारायण दत्त भट्ट, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् राष्ट्रियसभा सदस्य उम्मेदवार रेणु चन्द उपस्थित रहेका थिए।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ३ : ०५ बजे

सरकार र अभियान्ता ज्योति रानाभाटबीच १९ बुँदे सहमति, अनसन स्थगित

काठमाडौँ – विभिन्न माग राखेर आमरण अनसनमा बसेकी नर्स तथा

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका

दुई घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

चितवन – पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्ड दुई

आर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच आज छलफल हुँदै

काठमाडौँ – अर्थतन्त्रका पछिल्ला समस्या पहिल्याउन र समाधानका उपाय पहिल्याउन

जनकपुरको पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम – जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर