होटेलमा बसेर आफू अपहरणमा परेको हल्ला चलाउने युवक पक्राउ « Khabarhub

होटेलमा बसेर आफू अपहरणमा परेको हल्ला चलाउने युवक पक्राउ


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज–पर्साको विन्दवासिनी गाउँपालिका–४ मधुवल घर भएका २३ वर्षीय उपनेस चौरिसया मंगलबार (साउन १४ गते) घरबाट आफैं मोटरसाइकल चलाएर निस्किएका थिए ।

सोही दिन उनी सीमावर्ती भारतीय शहर रक्सौल पुगे । रक्सौलको श्याम इन्टरनेशनल नामको होटेलको कोठा नम्बर ५ मा बसेका उपनेसले नेपालबाट आफ्ना थप केही साथीलाई पनि त्यहाँ बोलाए ।

घरबाट आफैं मोटरसाइकल चलाएर निस्किएका उपनेशबारे मंगलबार साँझ वीरगन्जमा हल्ला चल्यो– उनी त अपहरणमा परे ।

वीरगन्ज हुँदै उपनेसको घरसम्म उनी अपहरणमा परेको हल्ला चल्यो । परिवारका सदस्यले प्रहरीलाई खबर गरे ।

प्रहरीले उपनेशको खोजी तीब्र पार्‍यो । उपनेशको अपहरण भएको भन्ने हल्ला चलेपछि प्रहरीले उनका साथी उत्तम भनिने निरन्जन तिवारीलाई नियन्त्रणमा लिएर सोधपुछ थाल्यो ।

प्रहरीले सोधपुछ शुरु गरेपछि निरन्जनले वास्तविक कुरा बताए । त्यसपछि थाहा भयो उपनेशको अपहरण एक ‘नाटक’ मात्रै रहेछ । उक्त नाटक उपनेश आफैंले रचेका रहेछन् ।

प्रहरीका अनुसार उपनेशले मंगलबार दिउँसै आफ्नै गाउँका निरन्जन र सनुप दासलाई रक्सौल बोलाएर आफू अपहरणमा परेको भनेर वीरगन्जमा हल्ला चलाउन लगाएका रहेछन् ।

उपनेशले भने बमोजिम नै निरन्जन र सनुपले पनि उनी अपहरणमा परेको हल्ला चलाइदिए ।

तर, वास्तविकता पत्ता लागेपछि उपनेश र उनका साथी निरन्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका पर्साका अनुसार अहिले दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ४ : ४० बजे

कार्टुन – देउवाको तराजुमा पूर्णबहादुरको तौल !

काठमाडौं – भदौ २३ र २४ गतेको आन्दोलनपछि नेपाली कांग्रेस

कहाँ चुक्यो कर्णाली याक्स ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन १ मा चौथो

तिला जलविद्युतको बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला – जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं – हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र

विश्वकप ड्र : कुन देश कुन समूहमा परे ?

वासिङ्टन – २०२६ को फिफा विश्वकपको समूह चरणको ड्र सार्वजनिक