चितवनमा भेटिए ५३ प्रजातिका चरा « Khabarhub

चितवनमा भेटिए ५३ प्रजातिका चरा


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ५३ प्रजातिका चरा भेटिएका छन् । बर्ड एजुकेसन सोसाइटीले हालै गरेको चरा गणनाका क्रममा गत वर्ष नभेटिएका चार प्रजातिका चरासमेत यसपटक भेटिएका हुन् ।

सोसाइटीका अध्यक्ष टीकाराम गिरीका अनुसार यस वर्ष तिलहरी चरा, मसिनोठुडे टिमटिमा, नादुन हाँस र चित्राङ्गद जातका चरा भेटिएका छन् । केही वर्षअघि भेटिएका तर गत वर्ष नभेटिएका यी चरा पुनः भेटिएका हुन् ।

गणनाका क्रममा पानीहाँस चखेवा तीन हजार छ सय ८७, जलकौवा सानु एक सय आठ, जलकौवा ठूलो पाँच सय ५६ भेटिएका छन् । कूल ५३ प्रजातिका पानी चरा छ हजार पाँच सय ४० वटा भेटिएका हुन् । पानी बाहिरका तीन हजार चार सय ६४ गरी १० हजार चार चरा भेटिएका गिरीले जानकारी दिए ।

सोसाइटीले सन् १९८७ देखि चरा गणना गर्दै आएको छ । नेपाललगायत पूर्वी एशियाका ३५ देशमा प्रत्येक वर्ष अंग्रेजी वर्षको जनवरीमा पानी चरा गणना गरिँदै आएको छ । सोसाइटीले हाल जाडो यामका पानी चरा गणना गरेको हो ।

जनवरी ७ देखि हिमालयन नेचरसँगको सहकार्यमा चितवनका लोथर गैडहवा, गैडहवादेखि सौराहा, सौराहादेखि कसरा, तमोर ताल, लामी ताल, बीसहजारी ताल र यससँग सम्बन्धित तालमा चरा गणना गरिएको हो ।

यसैगरी भण्डारा माछा पोखरी, बूढीराप्ती, ढुङ्गरे खोला, पटना ताललगायतका स्थानमा जाडो यामका चरा गणना गरिएको सोसाइटीले जनाएको छ ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ९ : ४९ बजे

रियाल म्याड्रिडमा भिनिसियसको भविष्य अन्योलमा, मोरिन्होको नेतृत्वमा प्रि-सिजन तयारी तीव्र

म्याड्रिड – स्पेनिस फुटबल क्लब रियाल म्याड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध, पन्छाउन समय लाग्ने

काठमाडौँ – मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत सिमलताल नजिकै पहिरो खस्दा सडक

वस्तु खरिद-बिक्रीमा अनिवार्य बिल लिन-दिन सरकारको ताकेता

काठमाडौँ – आन्तरिक राजस्व विभागले वस्तु तथा सेवाको खरिद–बिक्री गर्दा

आजको मौसम पूर्वानुमान : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।