सशस्त्र प्रहरीद्वारा पशुपतिनाथमा आउने अशक्त भक्तजनलाई ह्वीलचियर हस्तान्तरण | Khabarhub Khabarhub

सशस्त्र प्रहरीद्वारा पशुपतिनाथमा आउने अशक्त भक्तजनलाई ह्वीलचियर हस्तान्तरण


४ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरीले २३औं सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने अशक्त भक्तजनको सहजताको लागि बिहीबार ह्वीलचियर हस्तान्तरण गरेकाे छ ।

नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाले पशुपति विकास कोषका सदस्य सचिव राजु कुमार खत्रीलाई चार वटा ह्वीलचियर हस्तान्तरण गरेका हुन्  ।

नायव महानिरीक्षक थापाले विश्व सम्पदा सूचिमा रहेको पशुपतिनाथ मन्दिर हिन्दु धर्मावलम्बी तथा भक्तजनको धार्मिक आस्थाको देवता भएको हुँदा मन्दिरको सुरक्षा, संरक्षण र संवर्द्धन गर्नु हामी सबैको दायित्व रहेको बताए।

जन सम्बन्धलाई थप प्रगाढ बनाउने संगठनको नीति अनुसार क्विक इम्प्याक्ट प्रोजेक्ट संचालन गर्ने योजना अन्तर्गत सो बाहिनी तथा मातहत इकाईहरूको सामूहिक प्रयासबाट चार वटा ह्वीलचियर हस्तान्तरण गरिएको हो ।

साथै विगत ६ वर्षदेखि निर्माण अवस्थामा रहेको मन्दिर भित्रको यज्ञशालामा टुटफुट भएका मार्बल र मन्दिरको बाहिरी भागमा ढुंगाहरु बिछ्याइ जीर्णोद्धार समेत गरिएको थियो ।

कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष आशामान संगत, बाहिनी मातहतका गणपति, गुल्मपति लगायत सिनियर तथा जुनियर अधिकृत र विल्लादार जवानहरूको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  १ : ३१ बजे

नौ वर्षमा टुङ्गियो गाउँपालिकाको केन्द्र

गलकोट– विसं २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका ७ जुडाका ४० वर्षीय भक्तबहादुर महरा काष्ठकलाको

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा त्यसका

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ