कोशीमाथि आर्मीको सहज जित  « Khabarhub

कोशीमाथि आर्मीको सहज जित 


४ माघ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ । आर्मीले कोशी प्रदेशलाई ९ विकेटले हराउँदै विजयी भएको हो । 

जितका लागि ८९ रनको  सामान्य लक्ष्य पछ्याएको आर्मीले ९ दशमलव ५ ओभरमा एक विकेट गुमाउँदै पूरा  गर्‍यो। आर्मीका लागि सन्तोष कार्कीले ३२ रनको योगदान दिए । उनले २७ बलमा ६ चौका र १ छक्कासहित ३२ रन बनाएका हुन् । 

ओपनर इमरान शेख २५ बलमा ५ चौका र १ छक्कासहित ३२ रन बनाए । कुशल मल्ल ७ बलमा ४ चौका र १ छक्कासहित २२ रनमा नट आउट रहे । कोशीका सुजन थपलियाले एक विकेट लिए ।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोशी २४ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ८८ रनमा समेटियो । कोशीका कप्तान अङ्कित सुवेदीले ३७ बलमा ९ चौकासहित सर्वाधिक ४१ रन बनाए । त्यसबाहेक कोशीका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

आर्मीका साहब आलम एक्लैले ६ विकेट लिए । कुशल मल्लले दुई तथा सोमपाल कामी र विवेक यादवले समान एक-एक विकेट लिए । 

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  १ : ०८ बजे

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा