राष्ट्रियसभा चुनावमा आचारसंहिता, के गर्न पाइँदैन ? « Khabarhub

राष्ट्रियसभा चुनावमा आचारसंहिता, के गर्न पाइँदैन ?


४ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा चुनावका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गरेको छ । माघ २ देखि लागू भएको आचारसंहिता चुनाव सकिएको भोलिपल्ट माघ १२ गतेसम्म कायम रहने आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आचारसंहिता राष्ट्रियसभा सदस्य निर्वाचन सम्पन्न नभएसम्म जारी रहने छ । आयोगका अनुसार यो समयमा कुनै सार्वजनिक स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन पाइने छैन ।

निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न वा कुनै किसिमले थपघट गर्न वा गराउन नहुने, कुनै सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था वा विश्वविद्यालय वा विद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचन सम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने, राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अङ्कित कुनै सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने आयोगले जनाएको छ । मतदान हुने दिनको अघिल्लो ४८ घण्टापछि निर्वाचन प्रचार प्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नपाइने आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता शर्माका अनुसार २०८० माघ ८ गते रातको १२ बजेदेखि निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइने छैन ।

मतदान हुने दिनको ४८ घण्टाअघि मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने छ । त्यस अवधिमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचार–प्रसार गर्न पाइँदैन सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार–प्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नपाइने आयोगले जनाएको छ ।

आचारसंहिता उल्लंघन गरे के हुन्छ ?
निर्वाचन आयोगले आचारसंहिताको पालना गर्न सबैलाई आह्वान गर्दै आएको छ । आयोगले आचारसंहिता पालना भए नभएको अनुगमनका लागि विभिन्न समिति बनाउनुका साथै निकायसँग समन्वय पनि गर्ने गर्दछ ।

निर्वाचन आचारसंहिता, २०७८ अनुसार आचारसंहिता अनुगमन समितिले उल्लंघनका उजुरी लिने व्यवस्था गरिएको छ । सोही समितिले उजुरी परेको व्यक्तिविरुद्ध स्पष्टीकरण माग गर्ने तथा उल्लंघन रोक्न आदेश दिने र कारबाहीका लागि आयोग समक्ष सिफारिस गर्नुपर्नेछ ।

निर्वाचन आयोग ऐन २०७३ ले आचारसंहिताको गम्भीर उल्लङ्घन गर्ने उम्मेदवारको उम्मेदवारी समेत रद्द हुन सक्ने व्यवस्था गरेको छ । निर्वाचन आयोग ऐनमा भनिएको छ ‘कुनै उम्मेदवारले आयोगले बनाएको आचारसंहिताको उल्लङ्घन गरेको कारणबाट निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरबाट हुन नसक्ने कुरामा आयोग विश्वस्त भएमा त्यसको स्पष्ट आधार र कारण खोली आयोगले उम्मेदवारको उम्मेदवारी रद्द गर्न सक्नेछ।’

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  २ : ०७ बजे

रियाल म्याड्रिडमा भिनिसियसको भविष्य अन्योलमा, मोरिन्होको नेतृत्वमा प्रि-सिजन तयारी तीव्र

म्याड्रिड – स्पेनिस फुटबल क्लब रियाल म्याड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध, पन्छाउन समय लाग्ने

काठमाडौँ – मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत सिमलताल नजिकै पहिरो खस्दा सडक

वस्तु खरिद-बिक्रीमा अनिवार्य बिल लिन-दिन सरकारको ताकेता

काठमाडौँ – आन्तरिक राजस्व विभागले वस्तु तथा सेवाको खरिद–बिक्री गर्दा

आजको मौसम पूर्वानुमान : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।