बारामा ५ हजार ४६० बोरा पोटास बरामद « Khabarhub

बारामा ५ हजार ४६० बोरा पोटास बरामद


४ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बारामा प्रहरीले दुई दिनमा ८७ लाख रुपैयाँ बराबरको पोटास मलखाद बरामद गरेको छ। कर सम्बन्धी विवरण शंकास्पद देखिएपछि प्रहरीले पोटास मलखाद बोकेका ट्रक नियन्त्रणमा लिएको हो।

बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार प्रहरीले बुधबार र बिहीबार पथलैया चोकमा १३ वटा ट्रक नियन्त्रणमा लिइएको बताए।

इलाका प्रहरी कार्यालय बारा र प्रहरी चौकी पथलैयाको टोलीले ट्रकहरू नियन्त्रणमा लिएको हो। प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका-१ पथलैयामा ती ट्रक रोकेको थियो। ती ट्रकमा ५ हजार ४६० बोरा पोटास थियो।
ती ट्रकमा एमएस किसान ट्रेडर्स नामक भारतीय कम्पनीको थियो।

ती ट्रक वीरगन्ज भन्सारबाट छुटेर राजविराज, विराटनगर र बिर्तामोडतिर गइरहेका थिए। नियन्त्रणमा लिइएको खाद र ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउने तयारी भइरहेको न्यौपानेले बताए।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  ४ : १९ बजे

रियाल म्याड्रिडमा भिनिसियसको भविष्य अन्योलमा, मोरिन्होको नेतृत्वमा प्रि-सिजन तयारी तीव्र

म्याड्रिड – स्पेनिस फुटबल क्लब रियाल म्याड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध, पन्छाउन समय लाग्ने

काठमाडौँ – मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत सिमलताल नजिकै पहिरो खस्दा सडक

वस्तु खरिद-बिक्रीमा अनिवार्य बिल लिन-दिन सरकारको ताकेता

काठमाडौँ – आन्तरिक राजस्व विभागले वस्तु तथा सेवाको खरिद–बिक्री गर्दा

आजको मौसम पूर्वानुमान : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।