वृन्दावनका अधिकांश सामुदायिक विद्यालयमा दिवा खाजा बन्द  « Khabarhub

वृन्दावनका अधिकांश सामुदायिक विद्यालयमा दिवा खाजा बन्द 


६ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटका वृन्दावन नगरपालिकाको अधिकांश सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम बन्द भएको छ ।

सो पालिकामा विगत लामो समयदेखि कार्यकारी प्रमुख नहुँदा दिवा खाजा कार्यक्रम प्रभावित बनेको एकजना शिक्षकको भनाइ रहेको छ ।

दिवा खाजा प्रभावित बनेपछि सो पालिकाका सामुदायिक विद्यालयमा छ । विगत छ महिनादेखि उधारोमा खाजा खुवाइरहेको तर, भुक्तानी पाउन नसकेपछि उधारो दिने पसलहरूले पनि उधारो बन्द गरेपछि सो पालिकाका अधिकांश विद्यालयको दिवा खाजा कार्यक्रम प्रभावित बनेको छ ।

बालबालिकाको स्वास्थ्य अध्ययन अध्यापन गर्ने बालबालिकाको संख्या समेत घट्न थालेको शिक्षकहरूको भनाइ रहेको र पोषणलाई मध्यनजर गर्दै सरकारले प्रत्येक सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम लागू गरेको छ । बालबालिका कुपोषणको सिकार नहुन र विद्यालयमा नियमित उपस्थित गराउने उद्देश्यले दिवा खाजा सञ्चालन गरेपनि वृन्दावनका सामुदायिक विद्यालयमा भने, यो सेवा प्रभावकारी हुन सकेको छैन ।

वृन्दावनका एक प्रधानाध्यापकका अनुसार विगत लामो समयदेखि भुक्तानी नपाएका कारण उधारोमा खाजा खुवाउन नसकिने बताएका छन् । विगत ६ महिनामा करिब डेढ लाखको उधारो खाजा खुवाएको र सोको भुक्तानी आफ्नो खोतमा उत्पादन भएको धान बेचेर तिरेको प्रधानाध्यापकको गुनासो रहेको छ ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ४ : ०८ बजे

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा