पुँजीगत खर्च बढाउन सरकार प्रयत्नशील छ : मुख्यमन्त्री पाण्डे « Khabarhub

पुँजीगत खर्च बढाउन सरकार प्रयत्नशील छ : मुख्यमन्त्री पाण्डे


६ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुँजीगत खर्च बढाउन सरकार लागेको बताएका छन् । नेपाल प्रेस युनियन नवलपुर शाखाले आज आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मुख्यमन्त्री पाण्डेले पुँजीगत खर्च गत वर्षको भन्दा बढाउन प्रदेश सरकार लागिपरेको बताए । 

सुरुका पाँच-छ महिना प्रक्रियामै जाने गरेकामा यसलाई थप व्यवस्थापन गर्दै खर्च बढाउन गण्डकी प्रदेश सरकार लागेको उनले बताए । 

पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले आफ्नै प्रदेशमा अन्य प्रदेश हुँदै जानुपर्ने बाध्यता हटाउने विषयमा गण्डकी प्रदेश सरकार लागेको बताए। गण्डकी प्रदेशको भारतीय सीमासँग जोडिएको त्रिवेणी नाका पुग्न लुम्बिनी प्रदेश हुँदै जानुपर्ने अवस्था रहेकामा दुम्किबास-त्रिवेणी सडक खण्डको निर्माणका लागि आफूले सक्दो प्रयास गरिरहेको उहाँले बताउनुभयो । यसका लागि सङ्घ सरकारले समेत अप्ठ्यारो फुकाई दिनुपर्ने मुख्यमन्त्री पाण्डेले बताए। 

नवलपुरको दुम्किबास–त्रिवेणी सडक चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले निकुञ्जले आवश्यक सहजीकरण गरिदिनुपर्ने समेत मुख्यमन्त्री पाण्डेले बताए । 

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ५ : ११ बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल साउन २० गते बुधबार सन् २०२६

आज २०८३ साल साउन २० गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २० गते बुधबार सन् २०२६

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार