सहकारी पीडितको पैसा सरकारले तिर्नुपर्छ : रवि लामिछाने « Khabarhub

सहकारी पीडितको पैसा सरकारले तिर्नुपर्छ : रवि लामिछाने


६ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी पिडीतहरुको पैसा सरकारले तिर्नुपर्ने बताएका छन् ।

चितवनमा सहकारी पिडितहरुसंगको भेटघाट तथा अन्तरकृया कार्उयक्रममा उनले सहकारी खोल्न सरकारले लाईसेन्स दिने सहकारीका सदस्यहरु मर्का पर्दा सरकारले बेवास्ता गर्न नमिल्ने बताए ।

साहारा सहकारीवाट ग्यालेक्सी टेलिभिजन संचालनको लागि पैसा लगेको कुरा आए पछि लामिछानेले चितवनका सहकारी पिडितहरूसँग भेटेका थिए । सभापति लामिछानेले आफु टेलिभिजनमा रहदा कुनै पनि सहकारीबाट पैसा लिएको कुरा आफुलाई थाहा नभएको भन्दै सहकारी पिडितहरुको पक्षमा आफु रहेको बताए ।

उनले टेलिभिजनमा रहदा कार्यक्रम चलाउने समाचार बनाउने जिम्मेवारी पाएको मान्छे टेलिभिजनको लगानी गर्ने जिम्मेवरी तहमा नभएको र टेलिभिजनमा रहदा संचालनको लागि कुनै पनि सहकारीवाट पैसा ल्याउने निर्णय पनि नभएको बताए ।

उनले सवाल चितवनका सहकारी पिडितको मात्र नभइ देशैभरका सहकारी पडितहरुको पक्षमा काम गर्न डा स्वर्णीम वाग्लेको संयोजकत्वमा समाधान सहितको प्रतिबेदन तयार पारेको जानकारी दिए । करिव २ सयको हाराहारीमा जम्मा भएका सहकारी पिडितहरुले सहकारीमा पैसा डुबेको कारण औषधी उपचार लगाएत खान समस्या भएको गुनासो गरेका थिए ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ९ : २३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र