‘ब्लड क्यान्सर’ पीडित बालकलाई आर्थिक सहयोग « Khabarhub

‘ब्लड क्यान्सर’ पीडित बालकलाई आर्थिक सहयोग


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘ब्लड क्यान्सर’बाट पीडित गोरखाको भीमसेन थापा गाउँपालिका– ३ का १४ वर्षीय दिवस खनालको उपचारका लागि एक लाख तीन सय १३ आर्थिक सहयोग गरिएको छ ।

धावा गोरखा सम्पर्क समिति दिल्लीबाट सङ्कलन गरिएको उक्त रकम शनिबार हस्तान्तरण गरिएको हो । उक्त रकम सम्पर्क समितिका अध्यक्ष यामलाल शाक्यले पीडित बालककी आमा विमला खनाललाई हस्तान्तरण गरे ।

कार्यक्रममा सम्पर्क समितिका अध्यक्ष शाक्यले प्रवासमा श्रम बेचेर कमाउँदै आएका सहयोगी मनबाट सङ्कलन भएको रकम सहयोग गरिएको जानकारी दिए ।

उनले नेपालमा उपचार गराउन समस्या भएर अनाहक ज्यान गुमाउनुपर्ने अवस्थामा पुगेकाको जीवन बचाउन पाउँदा आफूहरूलाई खुसी मिलेको बताए । क्यान्सरपीडित बालककी आमा खनालले छोराको उपचारका लागि विदेशमा बस्ने नेपालीले सहयोग गरेको भन्दै धन्यवाद दिइन् ।

यसअघि उक्त सम्पर्क समितिले गोरखाका राजु खनालको उपचारका लागि ५० हजार, निर्माण धमलाको उपचारका लागि एक लाख ८५ हजार, शर्मिला परियारको उपचारका लागि ७० हजार, चिनीमाया शाक्यको उपचारका लागि एक लाख, सुकुमाया श्रेष्ठको उपचारका लागि ६० हजार र विपना गिरीको उपचारका लागि २४ हजार सहयोग गरिसकेको छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ८ : ३५ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई