सुशासनलगायत तीन संसदीय समितिका बैठक बस्दै « Khabarhub

सुशासनलगायत तीन संसदीय समितिका बैठक बस्दै


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत आज बिहान साढे ११ बजे कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको १५औँ बैठक बस्दैछ । बैठकमा सहकारीका विविध समस्या सम्बन्धी विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

बैठकमा छलफलका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका मन्त्री र सचिव तथा  समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहाललाई आमन्त्रण गरिएको छ ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अपराह्न सवा १२ बजे बस्दैछ । बैठकमा अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ ।

बैठकमा राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारू आयोग र मुस्लिम आयोगहरूसँग विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका विषयमा छलफल हुनेछ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  १० : ०१ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई