सुशासनलगायत तीन संसदीय समितिका बैठक बस्दै « Khabarhub

सुशासनलगायत तीन संसदीय समितिका बैठक बस्दै


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत आज बिहान साढे ११ बजे कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको १५औँ बैठक बस्दैछ । बैठकमा सहकारीका विविध समस्या सम्बन्धी विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

बैठकमा छलफलका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका मन्त्री र सचिव तथा  समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहाललाई आमन्त्रण गरिएको छ ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अपराह्न सवा १२ बजे बस्दैछ । बैठकमा अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ ।

बैठकमा राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारू आयोग र मुस्लिम आयोगहरूसँग विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका विषयमा छलफल हुनेछ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  १० : ०१ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र