आज फलफूल तथा तरकारीको मूल्य कति ? « Khabarhub

आज फलफूल तथा तरकारीको मूल्य कति ?


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

समितिकाअनुसार आज हरियो अंगुरको प्रतिकेजी १८० रुपैयाँ, कालो अंगुर २८०, केरा दर्जनको १२०, अनार २५०, किबी ३००, एभोकाडो २५०, अमला ८०, स्ट्रबेरी ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यस्तै, नेपाली ठूलो गोलभेडा प्रतिकेजी ५० रुपैयाँ, लोकल सानो गोलभेडा १५, अदुवा १५०, रातो आलु ३६, रातो भारतीय आलु ३० रुपैयाँमा कारोबार हुँदा स्थानीय काउली ३०, कागती १६०, सुकेको खुर्सानी ४८०, हरियो खुर्सानी ५० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

लोकल गाजर प्रतिकेजी ३५ रुपैयाँमा कारोबार हुँदा लोकल बन्दा २५, लौका ६०, लोकल सेतो मूला १०, रातो मूला १५, लोकल घिउ सिमी ४०, राजमा घिउ सिमी ११०, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने तोरीको साग ४०, रायोको साग ३०, चमसुर, पालुँगो, मेथी, सौफको साग र जिरीको साग ९० रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ ।

समितिका अनुसार गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ७८, चाइनिज प्याज ६०, हरियो प्याज १०० र पुदिना ३२०, ब्रोकाउली ६०, चाइनिज सुकेको लसुन २४०, हरियो लसुन ९०, नेपाली सुकेको लसुन २६०, डल्ले भान्टा र लाम्चो भान्टा ६०, भिण्डी ७०, र हरियो धनियाँ ९० रुपैयाँमा किनबेच भइरहेको छ ।

 

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  १० : २३ बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल साउन २० गते बुधबार सन् २०२६

आज २०८३ साल साउन २० गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २० गते बुधबार सन् २०२६

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार