नेपालविरुद्ध न्युजिल्यान्डका दुई ब्याट्सम्यानको अर्धशतक « Khabarhub

नेपालविरुद्ध न्युजिल्यान्डका दुई ब्याट्सम्यानको अर्धशतक


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


780
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसिसी यू–१९ विश्वकप क्रिकेटमा नेपालविरुद्ध न्युजिल्यान्डका दुई खेलाडीले अर्धशतक प्रहार गरेका छन् ।

पहिलो १५ ओभरभित्र आफ्नो महत्वपूर्ण तीन विकेट गुमाएको न्युजिल्यान्डका लागि स्नेहिथ रेडी र कप्तान ओस्कर ज्याकसनले इनिङ्स सम्हाल्दै अर्धशतक प्रहार गरे ।

धर्मराएको ब्याटिङ लाइनलाई उकास्ने क्रममा रेडीले ६८ बलमा ४ चौकाको मद्दतमा अर्धशशतक बनाए । यस्तै कप्तान ज्याकसनले ६८ बलमा एक चौका र ४ छक्काको मद्दतमा अर्धशतक प्रहार गरे ।

अहिले रेडी ७७ र ज्याकसन ५६ रनमा खेलिरहेका छन् । ताजा अवस्थामा न्युजिल्याण्ड ३८ ओभरमा तीन विकेट गुमाएर १८६ रन बनाएर खेलिरहेको छ ।

१५ ओभरपछि नेपालका बलरले न्युजिल्याण्डको कुनै पनि विकेट लिन नसक्दा दबाबमा खेलिरहेको छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ४ : ३६ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र