लिभिङ टुगेदरमा बस्ने महिलाको हत्या गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

लिभिङ टुगेदरमा बस्ने महिलाको हत्या गरेको आरोपमा एक जना पक्राउ


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एक जना महिलाको हत्या गरेको आरोप लागेका फरार अभियुक्त पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शोभाभगवतीस्थित एक घरमा तनहुँको भिमाद घर भएका सफिना मियाको हत्या गरी फरार रहेका भारतको बिहार दरभङ्गा घर भएका इकरामुल हक अन्सारीलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

शोभाभगवतीस्थित सरिता गिरीको घरको भुइँ तला तीन महिनादेखि बन्द रहेका धरधनीले खोलेर हेर्दा एउटा शव भेटिएको थियो । शव गलेको अवस्थामा रहेकाले तीन महिना अघि हत्या भएको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा लिभिङ टुगेदरमा बस्ने इकरामुल हक अन्सारीले नै हत्या गरेको खुलेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भूपेन्द्र बहादुर खत्रीले जानकारी दिए ।

प्रहरीका अनुसार सफिना मियालाई हत्या गरि इकरामुल भारत भागेका थिए । त्यसपछि काठमाडौं फर्केका इकरामुललाई कालीमाटीबाट पक्राउ गर्न सफल भएको खत्रीले बताए ।

काठमाडौं आएर कालिमाटीस्थित दिलिप शाहको विएन फेसन गार्मेन्टमा काम गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लिभिङ टुगेदरका क्रममा आपसी वादविवाद भएपछि हत्या गरेको खुलेको प्रहरीको भनाइ छ । हत्या गरेपछि ढोकामा ताला लगाएर भागेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ६ : ०५ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई