म्याग्दीका तीन गाउँमा आयातित मदिरा बिक्री गर्न निषेध | Khabarhub Khabarhub

म्याग्दीका तीन गाउँमा आयातित मदिरा बिक्री गर्न निषेध


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीका तीनवटा गाउँमा आयातित मदिरा र सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ । जिल्लाको बेनी नगरपालिका–३ मुसुङ, रघुगङ्गा गाउँपालिका–५ झीँ र मालिका गाउँपालिका–५ मगरदाङमा आयातित मदिरा, सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको हो ।

स्थानीय आमा समूहको अगुवाइमा मुसुङमा युवा समूह र गाउँले सहभागी गाउँ भेला गरी शनिवारदेखि गाउँमा आयातित मदिरा र सुर्तीजन्य पदार्थ बिक्री गर्न रोक लगाइएको स्थानीय पृथ्वी पुनले बताए। “गाउँमा आयातित मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्रीवितरण तथा सेवनमा रोक लगाइएको छ । अहिलेसम्म गाउँमा खुलारुपमा बिक्री हुँदै आएको थियो । अबका दिनहरूमा कसैले बिक्रीवितरण तथा सेवन गरेको पाइएमा जरिवानासहित कारबाही गर्ने निर्णय गरिएको छ”, पुनले भने ।

गाउँमा छरिएका मदिराका बोतल र सुर्तीजन्य पदार्थका खाली प्याकेटलाई जम्मा गरी व्यवस्थापन गरिएको पनि उनले जानकारी दिए । आयातित मदिरा सेवनका कारण गाउँको पुँजी बाहिरिएको र युवा कुलतमा फस्दै जान थालेकाले आयातित मदिरा बिक्री वितरण तथा सेवनलाई निषेध गरिएको स्थानीय देवी पुनले बताए ।

बेनी नगरपालिका–३ का वडाअध्यक्ष पदम पुनले आयातित मदिरा र सुर्तीजन्य पदार्थ बिक्रीवितरणमा स्थानीयले गरेको निर्णय स्वागतयोग्य भएको बताए । विभिन्न कम्पनीका रक्सी र बियर गाउँमा भित्रँदा युवा कुलतमा फस्ने खतरा बढ्नाका साथै धनराशिसमेत मासिने गरेकामा आमा समूहको अगुवाइमा गरिएको यो निर्णयलाई आफूले पनि सघाउने उनले बताए ।

त्यसैगरी, रघुगङ्गा गाउँपालिका–५ झीँ गाउँमा पनि आयातित मदिरालाई निषेध गरिएको छ । सामाजिक सुधारअन्तर्गत आयातित मदिरा निषेध गरिएपछि गाउँमा सकारात्मक परिवर्तनहरु देखिएका रघुगङ्गा गाउँपालिका–५ का वडाअध्यक्ष मनकुमार शेरपुञ्जाले बताए । “गाउँमा कमसल स्तरका आयातित मदिरा सेवनका कारण धेरै जना बिरामी परे, राम्रो गुणस्तरका मदिरा महङ्गो हुने भएकाले धेरै रकम गाउँबाट बाहिरियो । यसलाई रोक्न गाउँमा सामाजिक सुधारअन्तर्गत आयातित मदिरा निषेध गरेपछि यसले धेरै सकारात्मक प्रभाव पारेको छ,” वडाअध्यक्ष शेरपुञ्जाले भने ।

वडाअध्यक्ष शेरपुञ्जाका अनुसार विसं २०७९ मङ्सिर १६ गते झीं गाउँमा जनप्रतिनिधि, आमा समूह, युवा क्लब, सङ्घसंस्था, स्थानीय व्यवसायीलगायत सरोकारवालाको भेलाले सर्वसम्मत रुपमा आयातित मदिरालाई पूर्णरुपमा रोक लगाउने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार गाउँमा रहेका सबै होटल तथा पसलले सहरबाट मदिरा गाउँमा लैजान बन्द गरेका छन् ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ मगरदाङमा पनि आयातित मदिरा बिक्री वितरण र सेवनमा रोक लगाइएको छ । मदिरा सेवन गर्नेहरुलाई गाउँमा नै स्तरीय घरेलु मदिरा बनाएर सेवन गर्न पाउने सुविधा दिइएको स्थानीय तिलक सिउथानीले बताए ।

विवाह, व्रतबन्धलगायतका अवसरमा समेत मदिरामा धेरै रकम खर्च हुने गरेकामा आयातित मदिरालाई निषेध गरेपछि फजुल खर्च बचत हुने उनले बताए ।

 

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ९ : ४० बजे

एभरेष्ट बैंकको ३०औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– एभरेष्ट बैंक लिमिटेडको ३०औँ वार्षिक साधारण सभा आज सम्पन्न

एनपीएल अक्सन: देवलाई कर्णाली र अर्जनुलाई सुदूरपश्चिमले किन्यो

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नेपाली राष्ट्रिय क्रिकेट

आजका समाचार : प्रधानमन्त्री उद्धार कोषमा बढ्दै सहयोग, रविको बचाउमा प्रचण्ड, जोडिँदै सुनकोशीमा बेलिब्रिज

प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण, उद्धार कोषमा ५० लाख सहयोग नेपाली कांग्रेसले

एनपीएल अक्सन: सन्दीप, सूर्य र विवेकलाई लुम्बिनीले १५-१५ लाखमा किन्यो

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) मा मिडल अडर ब्याट्सम्यान सन्दीप जोरालाई

पन्ध्र लाख रुपैयाँमा भीम सार्कीलाई किन्यो काठमाण्डु गुर्खाजले

काठमाडौं- नेपाल प्रिमियर लिगका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याटर