टाउकोमा जुम्रा किन पर्छ ? « Khabarhub

टाउकोमा जुम्रा किन पर्छ ?


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जाडो मौसममा विशेषगरी बालबालिका  र बूढाबूढीमा धेरै जुम्रा पर्ने समस्या देखिन्छ । जाडोमा टोपी लगाउँदा र समयमा सरसफाइ नहुँदा जुम्रा पर्ने गर्छ ।

जुम्रा कपालमा मात्र हैन शरीरका अन्य अंग जिउ र गुप्ताङ्गमा फरकफरक प्रकारका जुम्रा पर्छन् ।

जुम्रा एक प्रकारको परजीवी हो, जुन सजिलै एउटाबाट अरूमा सर्छ । परिवारमा कसैलाई जुम्रा परेको छ भने अन्यलाई पनि सर्न सक्छ ।

जुम्रा परेपछि जिउ तथा टाउको बेसरी चिलाउने हुन्छ । जुम्रा विशेष गरी लामो र बाक्लो कपालमा हुने गर्छ । एउटा जुम्राले एक दिनमा कम्तीमा ८ वटासम्म अण्डा पार्न सक्छ । जुम्राले पारेको अण्डालाई लिखा भनिन्छ । 

कपालको जरासँगै पर्ने लिखाले टोकेको ७ वटा जुम्राले टोके बराबर हुन्छ भनिन्छ । छाला रोग विशेषज्ञका अनुसार कपालको जरामा लिखा टाँसिएको छ भने सङ्क्रमण भएको मान्ने गरिन्छ । सामान्यतया जुम्राको आयु ३० दिनको हुन्छ ।

यसरी हटाउन सकिन्छ जुम्रा र लिखा
जुम्राबाट छुटकारा पाउने औषधि बजारमा धेरै पाइन्छ । जुम्रा परेको बेलामा घेरै घरेलु उपायहरू अपनाएर पनि हटाउन सकिन्छ ।

त्यसका लागि सबैभन्दा पहिला राम्रो खाले काइँयोको प्रयोग गरेर कपालमा रहेको जुम्रा र ससाना अण्डाहरू हटाउन सकिन्छ ।

कपालबाट जुम्रा हटाउन चिकित्सकको सुझाव अनुसारको साबुन, क्रिम वा औषधी प्रयोग गर्न सकिन्छ ।

कपाललाई कम्तीमा पनि साताको दुईपटक नुहाउँदा जुम्रा पर्ने सम्भावना न्यून हुन्छ ।

घरेलु रूपमा पूजा गर्ने कपुरलाई तोरीको तेलमा भिजाएर राति सुत्ने बेला लगाउने र बिहान उठेर नुहाउँदा पनि जुम्राबाट छुटकारा पाउन सकिन्छ ।

 

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ६ : २५ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००