गोरखाको धार्चेमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण « Khabarhub

गोरखाको धार्चेमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकामा निस्सा वितरण गर्न सुरु गरिएको छ । पालिकाभित्र रहेका अव्यवस्थित बसोबासीलाई शुक्रबारदेखि निस्सा वितरण गर्न सुरु गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए ।

उनले लामो समयदेखि अव्यवस्थित रहेका बसोबासीलाई राष्ट्रिय भूमि आयोगले गाउँपालिकामार्फत निस्सा वितरण गरेको बताए । ‘गाउँपालिकामा वडा नम्बर ७ लापुबाट अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गर्न थालिएको छ’, उनले भने, ‘पालिकाभित्रका सबै भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई क्रमशः निस्सा वितरण गर्दै जानेछौँ ।’

अध्यक्ष गुरुङले प्रारम्भिक चरणमा लापुमा रहेका बाह्र घरधुरी अव्यवस्थित परिवारलाई निस्सा वितरण गरिएको बताए । ‘प्रक्रिया पुगेकालाई निस्सा वितरण गरिएको छ’, उनले भने, ‘अब जग्गा नापजाँच लगाएका काम सकिएपछि लालपुर्जा वितरणको काम सुरु हुन्छ ।’

निवेदन परेकामध्येबाट वास्तविक अव्यवस्थित बसोबासीको पहिचान गरी निस्सा वितरण गरिएको उनको भनाइ छ । लालपुर्जा पाउने आशामा बसेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, र अव्यवस्थित बसोबासीलाई निस्सा पाएसँगै अब छिट्टै थप प्रक्रिया पूरा गरेर लालपुर्जा प्राप्त गर्ने जनाउँदै खुसी भएका छन् ।

आयोगले अव्यवस्थित बसोबासीलाई आयआर्जन, सम्पत्ति, जग्गाको प्रकृति, जग्गाको क्षेत्रफल बसोबासको मूल्याङ्कनलगायतका बिभिन्न आधारमा राजस्व लिएर जग्गा उपलब्ध गराउने व्यवस्था छ । त्यस्तै भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीले भने जग्गा प्राप्त गर्दा राजस्व तिर्नु नपर्ने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ७ : ३७ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई