कटन क्याण्डी प्रयोग नगर्न खाद्य विभागको आह्वान « Khabarhub

कटन क्याण्डी प्रयोग नगर्न खाद्य विभागको आह्वान


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कटन क्याण्डी प्रयोग नगर्न सार्वजनिक सूचना जारी गरेको छ । 

विभागको प्रयोगशालामा गरिएको जाँचमा बालबालिकालाई लक्षित गरी तयार गरिएको गुलियो मिठाई कटन क्याण्डीमा अखाद्य रङ मिसाएको पाइएको विभागले जानकारी दिएको छ । विभिन्न स्थानका सडकपेटी, बजार, मेला लगायतका स्थानहरूमा खुला कटन क्याण्डी बिक्री वितरण हुँदै आएको छ । 

कटन क्यान्डीको उपभोग नगर्न तथा आफ्ना बालबालिकाहरूलाई समेत नदिन विभागले आह्वान गरेको छ । साथै अखाद्य रङको प्रयोग गरी कटन क्यान्डी उत्पादन तथा बिक्री वितरण नगर्न पनि भनिएको छ । 

यस सूचनाको अटेर गरी उत्पादन तथा बिक्री वितरण गरेको पाइएमा खाद्य ऐन नियम बमोजिम कारबाही हुने चेतावनी विभागले दिएको छ ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  १ : १८ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई