काठमाडौं– नेपाल पुलिस क्लबले एपीएफमाथि शानदार जित हासिल गरेको छ । प्रधानमन्त्री कप अन्तर्गत सोमबार भैरहवामा सम्पन्न खेलमा पुलिस क्लबले एपीएफ क्लबलाई ५८ रनले पराजित गरेको हो ।
पुलिस क्लबले दिएको १४६ रनको लक्ष्य पछाएको एपीएफले ३४ ओभरमा अलआउट हुँदै ८७ रन मात्र बनाएको थियो । एपीएफको ब्याटिङ लाइनलाई ध्वस्त गर्न पुलिसका बलर ललित राजवंशीले ५ विकेट लिएका थिए ।
यस अघि पहिला ब्याटिङ गरेको पुलिस क्लबले ४१ ओभरमा अलआउट हुँदै १४५ रन बनाएको थियो ।
पुलिस क्लब जारी पीएम कपमा पराजित रहँदै लगातार चार खेलमा जित हासिल गरेको छ र ४ खेलमा ८ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै एपीएफले भने दोस्रो हार बेहोरेको छ । चार खेलमा ४ अंकसहित एपीएफ छैटौँ स्थानमा रहेको छ ।
अब एपीएफले अर्को खेल मंगलबार त्रिभुवन आर्मीसँग खेल्ने छ भने पुलिस क्लबले बुधबार मूलपानीमा मधेश प्रदेशविरुद्ध खेल्ने छ ।
प्रतिक्रिया