आफूलाई स्टार मान्दैनन् अनुपविक्रम शाही, भन्छन्– कलाकार बन्न आएको हुँ « Khabarhub

आफूलाई स्टार मान्दैनन् अनुपविक्रम शाही, भन्छन्– कलाकार बन्न आएको हुँ


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता अनुपविक्रम शाहीले पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा खासै कमाल गर्न सकेका छैनन् । उनले अभिनय गरेका फिल्म त्यति सफल नभए पनि उनका फिल्म एकपछि अर्को गर्दै आउने क्रम भने जारी छ ।

स्टारडमका हिसाबले त्यति जम्न नसकेका अनुपको परिचय भने दोहोरो छ, भिलेन र हिरो ।

यसै कारण उनलाई कतिले हिरो कि भिलेन ? भनेर पनि प्रश्न सोधिरहने गर्छन् ।

आज (आइतवार) काठमाडौंमा आयोजित फिल्मको ट्रेलर रिलिज कार्यक्रममा अभिनेता शाहीले आफू यो क्षेत्रमा हिरो बन्नु भन्दानि कलाकार बन्न आएको बताए । ‘म यो क्षेत्रमा स्टार बन्न आएको हैन, कलाकार बन्न आएको हुँ,’ शाहीले भने, ‘जुन कलाकारले पनि मेरो फिल्म चलोस् भन्ने चाहन्छ, फिल्म कति चल्ने भन्नेमा शुरुका दिनमा कलाकारको हात रहला, तर पछि कलाकारको भन्दा फिल्मकै हात रहन्छ, फिल्म कस्तो छ भन्नेमा भर पर्छ ।’

आफ्ना पछिल्ला फिल्म फ्लप भएको जिम्मा लिनुहुन्छ भन्ने पत्रकारको प्रश्नमा उनले सधै कलाकारलाई मात्र दोष दिन नहुने बताए । साथै उनले राम्रो फिल्म बनोस् भन्ने चाहना सधै राख्ने गरेको पनि बताए ।

अनुपविक्रमले अभिनय गरेको फिल्म ‘पुरानो बुलेट’ आउँदो चैत्र १ गतेदेखि प्रदर्शनमा आउँदैछ । उक्त फिल्ममा अनुपले वर्षा शिवाकोटी र माला लिम्बुसँग रोमान्स गरेका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ५ : ११ बजे

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौं– इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका

२२ करोडको बुटवल वधशाला बन्द, घाँसले ढाकिँदै संरचना (तस्बिरहरू)

बुटवल- सरकारले देशभर पशु वधशाला तथा मासु जाँचसम्बन्धी व्यवस्था चरणबद्ध रूपमा

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

काठमाडौं– जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चका न्यायाधीश

पहिरो र बाढीले देशका विभिन्न स्थानका सडक अवरुद्ध

काठमाडौं– अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो तथा बाढीले

योगेश भट्टराईको टिप्पणी- रास्वपाको शिखरबाट ओरालो यात्रा सुरु भयो

काठमाडौं– नेकपा (एमाले) का नेता योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)