‘अगस्त्य च्याप्टर १’ मा नायिका मलिका महतको लुक्स सार्वजनिक « Khabarhub

‘अगस्त्य च्याप्टर १’ मा नायिका मलिका महतको लुक्स सार्वजनिक


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘अगस्त्य च्याप्टर १’मा नायिका मलिका महतको लुक्स सार्वजनिक गरिएको छ । फिल्मका मुख्य नायकद्वय सौगात मल्ल र नाजिर हुसेनको गेटअप सार्वजनिक भएपछि मलिकाको लुक्स सार्वजनिक भएको हो ।

सुरुवात देखिनै फिल्मका मुख्य नायकद्वय सौगात मल्ल र नाजिर हुसेनको गेटअप सार्वजनिक भएसँगै यस फिल्मको चर्चा  हुँदै आइरहेको छ ।

निर्माणपक्षले सार्वजनिक गरेको लुक्समा मलिकालाई ‘चाँदनीको भूमिकामा देखिन पाइने भएको छ । फिल्ममा उनको भूमिका के हो भन्ने खुलेको छैन । 

सौरभ चौधरीको निर्देशनमा तयार भएको यो फिल्ममा सौगात, नाजिर र मलिकाका अलावा प्रमोद अग्रहरी,  निश्चल बस्नेत, विजय बराल, रवीन्द्र झा लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ । फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् ।

यो फिल्मले बक्स अफिसमा सुखद कमाई गर्ने अपेक्षा गरिएको छ । फिल्म फागुनको १८ गतेबाट  सार्वजनिक प्रदर्शनमा आउन लागेको छ ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ६ : ०१ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र