मैलुङ-स्याफ्रुबेसीको ठेक्का तोडिएसँगै अन्तर्राष्ट्रिय राजमार्ग निर्माण अन्योल « Khabarhub

मैलुङ-स्याफ्रुबेसीको ठेक्का तोडिएसँगै अन्तर्राष्ट्रिय राजमार्ग निर्माण अन्योल


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

त्रिशूली– नेपाललाई चीनसँग छोटो दूरीमा जोड्न निर्माण भइरहेको राष्ट्रिय प्राथमिकता प्राप्त ‘गल्छी-रसुवागढी’ सडक योजनाको काम अन्योल भएको छ । 

उक्त योजनाअन्तर्गत मैलुङबाट स्याफ्रुबेसीसम्मको १९ किलोमिटर सडक निर्माणको जिम्मेवारी लिएको निर्माण व्यवसायीले समयमा काम नगरेपछि सडक निर्माणको ठेक्का रद्द भएसँगै सडक विस्तार थप अन्योल भएको हो ।

निर्माण कम्पनी भारत कन्स्ट्रक्सन-सिद्धिसाई जेभीले जिम्मा लिएको काम समयमा नगरेपछि उक्त कम्पनीसाग गत शुक्रबार ठेक्का तोडेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजना कार्यालयका प्रमुख धुव्रकुमार श्रेष्ठले जानकारी दिए ।

उहाँको अनुसार सम्झौता अवधिभित्र निर्माण व्यवसायीलाई काम सम्पन्न गर्न पटक–पटक लिखित एवम् मौखिक अनुरोध गर्दा पनि सम्झौताको शर्त बमोजिम आफ्नो दायित्वको जिम्मेवारी पूरा नगरेकाले ठेक्का तोड्न कार्यालय बाध्य भएको हो ।

मैलुङबाट स्याफ्रुबेसीसम्मको सडक निर्माणका लागि नेपाली सेनाले ट्रयाक खोलेपछि योजनाको कार्यालयले निर्माण व्यवसायीमार्फत काम गराउन विसंं २०७७ साउन १ गते ठेक्का लगाएको थियो । सम्झौताअनुसार विसंं २०७९ माघ १६ मा निर्माण सम्पन्न गर्नुपर्नेमा उक्त सडकको काम २६ प्रतिशत मात्रै पूरा भएको योजना प्रमुख श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार करिब १९ किमि दुई लेनको सडकमा कालोपत्रे गर्न रु एक अर्ब ४५ करोडमा ठेक्का लगाइएको थियो । तर निर्माण कम्पनीले सडकको दायाँबायाँ टेवा पर्खाल लगाएर रु ३७ करोड भुक्तानी लिएर काम नगरेपछि ठेक्का तोड्ने निर्णयमा पुगिएको हो ।

निर्माण कम्पनीले कार्यक्षेत्रमा काम अन्योल बनाएसँगै योजनाको कार्यालयले यसअघि २०७८ साल माघ २४ र २०७९ जेठ १७ मा नै अन्त्यन्त जरुरीको सूचनामार्फत ‘ठेक्का सम्झौता किन अन्त्य नगर्ने’ भनेर सचेत गराएको थियो । 

नेपाललाई चीन र भारतसँग जोड्ने सबैभन्दा छोटो दुरीको त्रिदेशीय राजमार्गको रुपमा निर्माण भइरहेको धादिङको गल्छीदेखि रसुवाको रसुवागढीसम्मको सडक दुरी ८३ किमि छ । उक्त सडकलाई नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा विसं २०७३ पुसमा ठेक्का लगाएर २० महिनाभित्रै पूरा गर्ने लक्ष्य लिएको थियो । समग्र कामको प्रतिशत हालसम्म ५५ प्रतिशत मात्रै पूरा भएको छ ।

तीन खण्डमा निर्माण भइरहेको यस सडकको पहिलो खण्ड धादिङको गल्छीबाट नुवाकोट हुँदै रसुवाको मैलुङसम्म ४६ किमि सडकअन्तर्गत नुवाकोटको मुख्य बजार क्षेत्र गङ्गटे, बट्टार, विदुर हुँदै ढुङ्गेसम्मको आठ किमि क्षेत्रमा मुआब्जा विवादको समस्याले काम सुरु हुन अझै बाँकी छ ।

दोस्रो खण्ड मैलुङ-स्याफ्रुबेसीसम्म १९ किमि सडकको ठेक्का हालै तोडिएको छ भने तेस्रो खण्ड स्याफ्रुबेसी–रसुवागढीसम्म १७ किमि सडक चीन सरकारले निर्माणको जिम्मेवारी लिए पनि अझै काम सुरु गर्न बाँकी छ ।

चीनसँगको अन्तर्राष्ट्रिय राजमार्गलाई भारतसँग जोड्न सबैभन्दा छोटो दुरीको त्रिदेशीय राजमार्गको रुपमा कार्यान्वयनमा ल्याइएको सडकको तीनखण्डअन्तर्गत दुई खण्डको काम अनिश्चित भएसँगै  समग्र योजनाको काम अन्योल बनेको हो ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ६ : ४६ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको