हनी ट्रयाप गर्ने महिलालाई ६ महिना कैद सजाय « Khabarhub

हनी ट्रयाप गर्ने महिलालाई ६ महिना कैद सजाय


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हनी ट्रयाप गरेको आरोप लागेकी एक महिलालाई काठमाडौं जिल्ला अदालतले ६ महिना कैदको सजाय सुनाएको छ।

देवी थापा नाम गरेकी महिलालाई ६ महिना कैद, ७ लाख रुपैयाँ बिगो र ५ हजार जरिवानाको सजाय भएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी सीपी पन्थीले जानकारी दिए।

आपराधिक लाभ कसुरमा श्यामलाल घिमिरे न्यायाधीशको एकल इजलासले थापालाई दोषी ठहर गरेको हो। यो घटनामा थापा र सुदर्शन थापालाई पनि प्रतिवादी बनाइएको थियो। सुदर्शनलाई ७ दिन कैद, एक हजार रुपैयाँ जरिवाना र २ लाख रुपैयाँ बिगोको सजाय भएको छ।

उनीहरूविरुद्ध आपराधिक लाभमा २१ लाख रुपैयाँ बिगो दाबी गर्दै अभियोगपत्र दायर भएको थियो। पीडित पुरुषको नजिक भएर ब्ल्याकमेलिङ गरेको भन्दै दुई जनाविरुद्ध आपराधिक लाभको कसुरमा मुद्दा चलेको हो।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ७ : २३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र