स्पेनिस ला लिगा : एट्लेटिको मड्रिडद्वारा ग्रानाडा पराजित « Khabarhub

स्पेनिस ला लिगा : एट्लेटिको मड्रिडद्वारा ग्रानाडा पराजित


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले जित निकालेको छ । गएराति भएको खेलमा ग्रानाडालाई १–० गोलले हराउँदै एट्लेटिकोले जित निकालेको हो ।

एट्लेटिकोको जितमा अल्भारो मोराटाले एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलमा दोस्रो हाफको ५४औँ मिनेटमा मोराटाले गोल गरेका थिए ।

उनको यो गोल नै टोलीको जितका लागि निर्णायक बनेको थियो ।

यो जितपछि एट्लेटिको मड्रिड २० खेलबाट ४१ अंक जोडेर तालिकाको चौथो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको जिरोनाको ५२ अंक छ । यस्तै, पराजित भएको ग्रानाडा ११ अंकसहित अन्तिमबाट दोस्रोमा छ ।

 

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ६ : ५३ बजे

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण