चीनमा ७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प « Khabarhub

चीनमा ७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– छिमेकी उत्तरी मुलुक चीनमा शक्तिशाली भूकम्प गएको छ । गएराति २ बजेर ९ मिनेटमा उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको अक्सु प्रान्तको उशी काउन्टी आसपास भएर ७ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ ।

यूएसजीएसका अनुसार १३ किलोमिटर गहिराइमा रहेको उक्त भूकम्पको केन्द्र ४१.२६ डिग्री उत्तर अक्षांश र ७८.६३ डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको छ ।  भूकम्पपछि ४० भन्दा बढी परकम्प गएका छन् ।

भूकम्पबाट केही मानिस घाइते हुनुका साथै कम्तिमा ४७ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । भूकम्पबाट उरुम्की, कोरला, काशगर, यिनिङमा क्षेत्र बढी प्रभावित बनेका छन् ।

सो भूकम्पको धक्का भारतमा समेत महसुस गरिएको थियो । दिल्ली–एनसीआरमा लामो समयसम्म भूकम्पको धक्का महसुस गरिएको थियो। भूकम्पको धक्का पछि मानिसहरू घरबाहिर निस्किएर खुला ठाउँमा पुगेका थिए ।

 

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  १० : २० बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई