सहकारीको पुँजीबाट स्कुल स्थापना « Khabarhub

सहकारीको पुँजीबाट स्कुल स्थापना


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शुभ प्रभात महिला बहुउद्देश्यीय सहकारीले आफ्नो पुँजीबाट स्कुल स्थापना गरेको छ । २०७६ सालमा स्थापित सहकारीले शुभप्रभात बाल संसार नामक स्कुल स्थापना गरेको हो ।

सहकारीको सञ्चालक समितिमा १५ जना महिला छन् । टोखा नगरपालिका वडा न– ३, ५ र ८ गृहिणी तथा साना व्यवसायी महिलाहरू सहकारीमा आबद्ध छन् । 

महिलाहरू आर्थिक रूपले आत्मनिर्भर हुनुपर्छ भन्ने अवधारणाले सहकारीको स्थापना भएको अध्यक्ष लक्ष्मी खनाल शर्माले बताइन् । उनी भन्छिन्, ‘सुरुमा टोल सुधार समुहको महिला समुह बनेको थियो । त्यही समुहले सहकारीका स्थापित गरेको हो ।’ सहकारीमा हाल १४७ जना आवद्ध छन् । 

आफ्नै सेयर सदस्यहरूलाई आयमूलक कार्यमा लगाउन स्कुल स्थापना गरेको उपाध्यक्ष ताराकुमारी लामिछानेले बताइन् । उनी भन्छिन्, ‘सहकारी सदस्यहरु नै कर्मचारी रहने गरी सञ्चालन गरेका छौ । सेयर सदस्य नै शिक्षक हुनुहुन्छ ।’ 

स्कुलमा व्यवस्थापन समितिमा एक जना पुरुष छन् भने बाँकी सबै कर्मचारी महिला नै छन् । स्कुल २०७९ साल माघमा स्थापना भएको हो । टोखा नगरपालिका वडा न–३ मा पिजीदेखि कक्षा २ सम्म दर्ता भएको छ । तर हाल पीजी र नर्सरीको मात्रै कक्षा भइरहेको छ । आगामी वर्ष एलकेजी पनि सञ्चालन हुने लामिछानेले बताइन् ।  

८ लाख रुपैयाँ लगानीबाट सुरु गरेको स्कुलले यो वर्ष आफ्नै भवन बनाउँदै छ । जसमा २५ लाख रुपैयाँ लगानी हुने अध्यक्ष शर्माले बताइन् । साथै, उनले सहकारीको नाफाबाट हरेक वर्ष कक्षा बढाउदै लैजाने योजना भएको सुनाइन् ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  १२ : ५४ बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको