आजदेखि न्युरोड क्षेत्रका सडकमा सवारी पार्किङ निषेध, व्यवसायीले गरे सटर बन्द « Khabarhub

आजदेखि न्युरोड क्षेत्रका सडकमा सवारी पार्किङ निषेध, व्यवसायीले गरे सटर बन्द


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले आजबाट न्युरोड क्षेत्रका सडकमा सवारी पार्किङमा रोक लगाएको छ ।

महानगरपालिकाका प्रहरी प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले  धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरिएको जानकारी दिए ।

महानगरले सडकको विकल्पमा काठमाडौँ भ्यु टावर (साविकको पुरानो बसपार्क)मा निःशुल्क पार्किङ गर्न पाउने व्यवस्था मिलाएको छ ।

महानगरले सवारी पार्किङ निषेध गरेको क्षेत्रमा सरसफाइ अभियान चलाउने जनाएको छ ।

यसैबीच, महानगरपालिकाले पार्किङ निषेध गरेपछि व्यवसायीले भने विरोध गरेका छन्। पार्किङ नभएपछि ग्राहक नआउने भन्दै उनीहरूले सटर बन्द गरेर महानगरपालिकाको निर्णयको विरोध गरेका हुन् ।

न्युरोड क्षेत्रमा आज पार्किङ गरिएका सवारी साधन महानगर प्रहरीको टोलीले हटाएको थियो ।

 

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  १२ : ३२ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र