आजदेखि न्युरोड क्षेत्रका सडकमा सवारी पार्किङ निषेध, व्यवसायीले गरे सटर बन्द « Khabarhub

आजदेखि न्युरोड क्षेत्रका सडकमा सवारी पार्किङ निषेध, व्यवसायीले गरे सटर बन्द


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले आजबाट न्युरोड क्षेत्रका सडकमा सवारी पार्किङमा रोक लगाएको छ ।

महानगरपालिकाका प्रहरी प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले  धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरिएको जानकारी दिए ।

महानगरले सडकको विकल्पमा काठमाडौँ भ्यु टावर (साविकको पुरानो बसपार्क)मा निःशुल्क पार्किङ गर्न पाउने व्यवस्था मिलाएको छ ।

महानगरले सवारी पार्किङ निषेध गरेको क्षेत्रमा सरसफाइ अभियान चलाउने जनाएको छ ।

यसैबीच, महानगरपालिकाले पार्किङ निषेध गरेपछि व्यवसायीले भने विरोध गरेका छन्। पार्किङ नभएपछि ग्राहक नआउने भन्दै उनीहरूले सटर बन्द गरेर महानगरपालिकाको निर्णयको विरोध गरेका हुन् ।

न्युरोड क्षेत्रमा आज पार्किङ गरिएका सवारी साधन महानगर प्रहरीको टोलीले हटाएको थियो ।

 

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  १२ : ३२ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई