आगलागीबाट दक्षिण कोरियामा २२७ पसल जले « Khabarhub

आगलागीबाट दक्षिण कोरियामा २२७ पसल जले


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण कोरियाको दक्षिणपश्चिम क्षेत्रस्थित एउटा समुद्री उत्पादन बजारमा भएको आगलागीमा २२७ पसल जलेर नष्ट भएका छन् । आगलागीमा कुनै मानवीय क्षति भने नभएको योनहाप समाचार एजेन्सीले अग्नि नियन्त्रक अधिकारीहरूलाई उद्धृत गर्दै मंगलबार जनाएको छ।

 राति करिब ११ः०८ बजे आगलागी भएको थियो ।राजधानी सियोलबाट लगभग  १७०  किलोमिटर दक्षिणमा रहेको  काउन्टीको परम्परागत समुद्री उत्पादन बजारमा आगलागी भएको हो ।

तीव्र हावा र बजारको खचाखच भरिएको संरचनाका बीच दमकललाई आगो निभाउन करिब नौ घण्टा लागेको थियो । बजारका २९२ पसलमध्ये २२७ पसल जलेर नष्ट भएका छन् । 

आगलागी हुँदा बजारमा कोही मानिस नभएकाले मानवीय क्षति भने भएको छैन । दमकल अधिकारीहरूले आगो निभाउन ३६१ वटा दमकल र ४५ वटा दमकल इन्जिनहरू परिचालन गरेका थिए।  

घटनाको वास्तविक कारणबारे अनुसन्धान जारी छ ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  २ : १४ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई