इटालीको यस्तो शहर, जहाँ घरजग्गा किन्दा पैसा लाग्दैन उल्टै पाइन्छ पुरस्कार ! « Khabarhub

इटालीको यस्तो शहर, जहाँ घरजग्गा किन्दा पैसा लाग्दैन उल्टै पाइन्छ पुरस्कार !


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संसारमा विचित्रका समाचारहरु सार्वजनिक भइरहेका हुन्छन् । हालै एउटा यस्तै पत्याउन मुस्किल लाग्ने समाचार सार्वजनिक भएको छ ।

जहाँ जग्गा जमिन खरिद गर्दा पैसा लाग्दैन उल्टै सरकारबाट पुरस्कार पाइन्छ । त्यसो त मानिसहरु घरजग्गा किन्न कराडौं रुपैयाँ खर्च गर्छन् । तर, इटालीको एउटा सहर छ जहाँ घरजग्गा किन्दा पैसा तिर्नु पर्दैन । उल्टै सरकारले नै पुरस्कार स्वरुप पैसा दिन्छ ।

इटालीको केन्डेला सहरका मेयरले घरजग्गा किन्दा ग्राहकले पैसा तिर्नुको साटो उल्टै सरकारले नै पुरस्कार स्वरुप पैसा दिने घोषणा गरेका हुन् । यो सहरमा बस्नका लागि घर खरिद गर्ने जो कोहीलाई सरकारले सित्तैमा घर उपलब्ध गराउने मात्र होइन, उल्टै २ हजार युरो पुरस्कार समेत दिन्छ ।

यस्तो अफर केवल इटालियनका लागि मात्र होइन विदेशीहरुले समेत त्यहाँ घर किन्न पाउनेछन् । जागिर र राम्रो जीवनको खोजीमा बसाईसराई गर्दै शहर बासीहरु बाहिर जाने क्रम बढेर सहर रित्तिन थाले पछि स्थानीय सरकारले यस्तो अफर ल्याएको हो ।

गाउँमा अहिले केवल बृद्धहरु मात्र रहेकाले उनीहरुको मृत्युपछि सहर नै खाली हुने अवस्था आएको छ । सिएनएनका अनुसार सन् १९९० को दशकसम्म त्यहाँको जनसंख्या ८ हजार रहेकोमा अहिले घटेर २७ सयमा झरेको छ ।

यो अवस्थाबाट चिन्तित मेयर गाउँमा युवा परिवारहरु आएर घरजम गरुन् र जनसंख्या बढोस् भन्ने चाहन्छन् । सित्तैमा पुरस्कार सहित घर किनेर यहाँ आएर बस्ने व्यक्तिले सहरमै व्यवसाय तथा रोजगारी दिनुपर्नेछ र, व्यवसायका लागि सरकारले सहयोग समेत गर्नेछ ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ८ : ३७ बजे

चिसोमा न्यानो पार्ने उपकरणको गलत प्रयोग : अकालमा जान्छ ज्यान

अहिले हामी पुस महिनाको सुरुवाती अवस्थामा छौं। देशभर दिनप्रतिदिन चिसो

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको