लागूऔषधसहित पाँचजना पक्राउ « Khabarhub

लागूऔषधसहित पाँचजना पक्राउ


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित पाँचजना पक्राउ  परेका छन् । 

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ रातामाटे पिपल चौताराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १५ ग्रामसहित काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ थली बस्ने २१ वर्षीय उमेश परियारलाई  प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी रातामाटेबाट खटिएको प्रहरीले ना.१ ज ६१५५ नम्बरको सुमोलाई जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१२ नेवारेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय ६० मिलिग्रामसहित सोही ठाउँ बस्ने झापा घर भएका १९ वर्षीय अनमोल लामा समेत २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो कर्णाली प्रदेश सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङको विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१७ रानी बस्ती बस्ने मोहम्मद रब्बानी मिया र २९ वर्षीय मोहम्मद अख्तर मिया रहेका छन् । 

लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

 

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ४ : ५६ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र