सेवाप्रवाह चुस्त बनाउन सहरी विकासमन्त्री गुरुङको निर्देशन « Khabarhub

सेवाप्रवाह चुस्त बनाउन सहरी विकासमन्त्री गुरुङको निर्देशन


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम- सहरी विकासमन्त्री सीता गुरुङले सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन कार्यालय प्रमुखहरुलाई निर्देशन दिएकी छिन् । आज तेह्रथुम जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायका साथै विभिन्न कार्यालयका प्रमुखसँगका बैठकमा मन्त्री गुरुङले कार्यालयहरुले प्रवाह गर्ने सेवा छिटोछरितो र सहज बनाउन निर्देशन दिइन् ।

मन्त्री गुरुङले जिल्लाका राजनीतिक दलका प्रमुखसँग जिल्लाको समग्र विकासबारे छलफल गरिन् । उनले सहरी विकास मन्त्रालयमार्फत निर्माण हुन लागेको आठराई गाउँपालिकाको शीत भण्डार, महिला सामुदायिक भवन, म्याङलुङको मिनि मार्केट, आठराई गाउँपालिका–९ को वडा कार्यालयको प्रशासनिक भवन शिलान्यास गरिन् । सो अवसरमा उनले स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट पनि गरिन् ।

मन्त्री गुरुङले आजै लालिगुराँस नगरपालिकामा भइरहेको उद्यौली उभौली मेलाको पनि उद्घाटन गरिन् । मन्त्री गुरुङलाई लालीगुराँस नगरपालिकाको वसन्तपुरमा स्थानीयले सांस्कृतिक च्याब्रुङ नाच केलाङ, झाक्री नाच येवा लाङ, नौमती बाजासहित स्वागत गरेका छन् । लालीगुराँस नगरपालिकाको वसन्तपुरमा निर्माण हुन लागेको मिनिमार्केट र प्रशासनिक भवन शिलान्यास गर्ने कार्यक्रम रहेको उनका स्वकीय सचिव हेमन्त गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ५ : १४ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई