पूर्वयुवराज्ञी हिमानीसँग मनिषाको अर्थपूर्ण भेट | Khabarhub Khabarhub

पूर्वयुवराज्ञी हिमानीसँग मनिषाको अर्थपूर्ण भेट


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेत्री मनिषा कोइराला र पूर्व युवराज्ञी हिमानी शाहबीच भेटघाट भएको छ । कोइरालाले सामाजिक सञ्जालमार्फत पूर्व युवराज्ञी शाहसँग भेटघाट भएको र अर्थपूर्ण कुराकानी भएको बताएकी छन् ।

शाहको सुन्दर र सरल व्यवहारले धेरैको मन जितेको बताउँदै कोइरालाले भनेकी छन्, ‘हिजो प्रिन्सेस हिमानी शाहसँगको भेटमा अर्थपूर्ण संवाद भयो, उनको सुन्दर र सरल व्यवहारले धेरैको मन जितेको छ ।’

भीएफवाई टिभी सो कार्यक्रमका लागि आइतवार राजधानीको होटल सोल्टीमा भएको भेटवार्तामा मनिषाले हिमानीको राष्ट्रप्रति गहिरो प्रेम रहेको भन्दै प्रसंशा समेत गरेकी छन् ।

उनले भनेकी छन्, ‘राष्ट्रप्रति उनको गहिरो प्रेम हिमानी ट्रष्टमार्फत गरिएका कामबाटै देखिन्छ ।’ कोइरालाले दुइजनाबिच रमाइलो कुराकानी भएको समेत बताएकी छन् ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  १० : ०९ बजे

‘बजरंगी भाईजान– २’ को तयारीमा कबीर र सलमान

काठमाडौं– बलिउड नायक सलमान खानको मुख्य भूमिका रहेको ब्लकबस्टर फिल्म

विधायन व्यवस्थापनसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दैछन्

एमाले सचिवालय बैठक बस्दै, विधान महाधिवेशनबारे छलफल हुने

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ । बैठक

दीप्तिको सानदार पारीले शृङ्खलामा भारतलाई अग्रता

काठमाडौं – भारतीय महिला टोलीले इंग्ल्यान्डसँगको पहिलो एक दिवसीय खेलमा