टेस्ट क्रिकेटमा स्मिथको उत्कृष्ट कमब्याकमा अस्टेलियाको सम्मानजनक योगफल « Khabarhub

टेस्ट क्रिकेटमा स्मिथको उत्कृष्ट कमब्याकमा अस्टेलियाको सम्मानजनक योगफल


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्व कप्तान स्टिभ स्मिथले शतक प्रहार गर्दा एसेज शृङ्खलामा अस्टेलियाले सम्मानजनक योगफल बनाउन सकेको छ ।

इङ्ल्यान्डको बर्मिङ्घमस्थित एड्बास्टनमा टस जितेर पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाले कमजोर सुरुवात गरेपनि मध्येक्रमका ब्याट्सम्यान स्मिथले टिकेर खेल्दा सम्मानजनक अवस्थामा पुगेको हो ।

पहिलो दिनको खेल सकिँदा पाहुना टोली अस्ट्रेलियाले सबै विकेट गुमाएर २ सय ८४ बनायो। त्यसलगत्तै ब्याटिङ थालेको इङ्ल्यान्डले बिना विकेटको क्षतिमा १० रन बनाएर खेलिरहेको छ।

यसअघि पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाका ब्याट्सम्यान स्मिथले २सय१५ बलको सामना गर्दै १सय४४ रन बनाएका थिए । उनले १६ चौका र २ छक्का प्रहार गरेका थिए । पिटर सिडलले ४४, ट्रभिस हेडले ३५ रन जोडे। नाथन लियोनले अविजित १२ रन बनाउँदा उस्मान ख्वाजाले १३ रन बनाएका थिए । घरेलु टोलीका लागि तीव्र गतिका बलर स्टुवार्ट ब्रोडले ५ विकेट लिए । यस्तै, क्रिस वक्सले ३ तथा मोइन अली र बेन स्टोक्सले १–१ विकेट लिए।

सन् २०१८ मा दक्षिण अफ्रिकाविरुद्धको खेलमा बल टेम्परिङ काण्डमा मुछिएपछि स्मिथले अन्तर्राष्ट्रिय खेलमा झण्डै १ बर्षको प्रतिबन्ध खेप्नु परेको थियो । निलम्बन फुकुवा भएपछि स्मिथले खेलेको एसेज शृङ्खला नै पहिलो टेस्ट हो ।

यस्तै, वर्ल्ड टेस्ट च्याम्पियनसिपको पहिलो टेस्ट हो ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  १० : ३७ बजे

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये