मालीकाे सुनखानी दुर्घटनामा मृत्यु हुनेको संख्या ७० पुग्यो « Khabarhub

मालीकाे सुनखानी दुर्घटनामा मृत्यु हुनेको संख्या ७० पुग्यो


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

माली– पश्चिम अफ्रिकाको मालीमा सुन खानी भत्किएपछिको दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७० पुगेको छ ।

मालीको खानी मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै दक्षिण पश्चिमी कौलिकोरो क्षेत्रको कांगाबा जिल्लामा रहेको खानीमा काम गर्ने कामदारको ज्यान गएको जनाएको छ ।

माली सरकारले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै  मृतकका परिवार र मालीका जनताप्रति गहिरो समवेदना प्रकट गरेको छ।

मन्त्रालयले खानी मजदुरलाई सुरक्षा मापदण्ड पालना गर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता बे कौलिबालीले सुरक्षा मापदण्ड पूरा नगरी खानीमा काम गर्नेहरूले ग्यालरी खनेका कारण दुर्घटना भएको बताइएको छ ।

सरकारले खानी स्थल नजिकै बसोबास गर्ने समुदाय र सुन खानीमा काम गर्ने व्यक्तिहरूलाई इमानदारीपूर्वक सुरक्षा मापदण्डहरू पूरा गर्न अपील गरेको छ। यसका साथै तोकिएको क्षेत्रमा मात्रै उत्खनन गर्न सुझाव दिइएको छ ।

यसअघि पनि खानीमा काम गर्नेहरूलाई सुरक्षा मापदण्डको ख्याल राख्न सल्लाह दिइएको थियो।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  ९ : ३८ बजे

यामालसँगको तस्बिरबारे मेसीले भने : जीवनकै अविश्वसनीय संयोग

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले स्पेनका युवा स्टार लामिने

राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आज

म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता

गण्डकी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले म्याग्दीको बेनी–दरबाङ

गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने

गण्डकी – जल तथा मौसम विज्ञान विभागले आज र आइतबार

अमेरिका–इरान तनाव चर्कियो, पानी शुद्धीकरण प्लान्टहरू पनि आक्रमणको निशानामा

काठमाडौं – अमेरिका र इरानबीचको बढ्दो तनावका बीच समुद्रको खारा