प्रधानमन्त्री कपमा लुम्बिनीसँग एपीएफ विजयी « Khabarhub

प्रधानमन्त्री कपमा लुम्बिनीसँग एपीएफ विजयी


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

भैरहवा– प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा एपीएफ क्लबले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । एपीएफ क्लबले लुम्बिनीलाई सात विकेटले हराएको हो । 

रूपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले ४१ ओभर सबै विकेट गुमाएर एक सय ३३ रन बनाएको थियो । उसका लागि दिलशाद अलीले अविजित ३९ रन बनाए । 

यस्तै मृणाल गुरुङले ३४ तथा विराट भण्डारीले २३ रन बनाए । बलिङतर्फ एपीएफका रमेश कुर्मीले पाँच, भुवन कार्कीले तीन तथा रोहितकुमार पौडेल र मौसम ढकालले एक एक विकेट लिए । 

एक सय ३४ रनको विजयी लक्ष्य एपीएफ क्लबले २२ दशमलव तीन ओभरमा तीन विकेटको क्षतिमा प्राप्त गरेको छ । एपिएफ क्लबका लागि कप्तान रोहितकुमार पौडेलले अर्धशतकीय पारी खेले । उनले ५२ रन बनाए । यस्तै पुरन विकले अविजित ३३ तथा लोकेश बमले १६ रन बनाए । 

बलिङतर्फ लुम्बिनीका मोहम्मद हुसेन, कृष्ण कार्की र इकलाख अहमद खाँले एक एक विकेट लिए । रमेश कुर्मी खेलको म्यान अफ दी प्लेयर घोषित भए । समापन कार्यक्रममा नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले राष्ट्रिय प्रतियोगिता काठमाडौँ बाहिर गर्न क्यान प्रतिबद्ध रहेको बताए । भविष्यमा देशका अन्य शहरमा पनि प्रतियोगिता आयोजना गर्दैजाने उनले बताए ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  ५ : ०१ बजे

एडमको शतकमा पोखराको जित, कर्णालीको लगातार चौथो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

वाइडबडी प्रकरणमा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा विशेष

दयाराम स्मृति सम्मान शङ्कर लिम्बू र मानवअधिकार पुरस्कार पत्रकार मेनुका ढुङ्गानालाई

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको संरक्षण र प्रवर्द्धनमा

हर्क साम्पाङको ‘हर्कवाद’मा सांसदहरू मन्त्री बन्न नपाउने

काठमाडौं– श्रम संस्कृति पार्टीले आफ्नो मूल राजनीतिक सिद्धान्त ‘हर्कवाद’ घोषणा

विराटनगर इन्टरनेशनल कलेजको दीक्षान्त सम्पन्न

विराटनगर– विराटनगर इन्टरनेशनल कलेजले आइतबार वार्षिक दीक्षान्त समारोह–२०२५ सम्पन्न गरेको छ। सोल्टी