भ्रष्टाचारको अभियोगमा तेह्र जनाविरुद्ध मुद्दा दायर « Khabarhub

भ्रष्टाचारको अभियोगमा तेह्र जनाविरुद्ध मुद्दा दायर


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा १३ जना विरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ । 

आयोगले डोल्पाको मुड्केचुला गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, डोल्पाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, इन्जिनियर देवराज रावत, सब–इन्जिनियर दिप नारायण यादवसहित आठ जनाविरुद्ध सडक निर्माणमा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा आज आरोपपत्र दायर गरेको हो । 

आयोगले सप्तरीको रुपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरी, लेखा अधिकृत श्यामसुन्दर यादव, माध्यमिक तह शिक्षक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन दाहाल र  लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराजका ललिताकुमारी साहसमेत पाँच जनाविरुद्ध आजै आरोपपत्र दायर गरेको छ । 

अभियुक्तहरूले खुद्रा मूल्यभन्दा दुई गुणा बढी रकममा स्यानिटरी प्याड खरिद गरेर रु १७ लाखभन्दा बढी रकम हिनामिना गरेकाले उनीहरूविरुद्ध मुद्दा आयोगले मुद्दा दायर गरेको हो । 

यसैगरी,डोल्पा मुड्केचुला गाउँपालिका–८ स्थित घुम्चो खोलादेखि महादेवसम्म सडक निर्माण योजनामा उपभोक्ता समिति र गाउँपालिकाबिच सम्झौता भई सम्झौता बमोजिम स्वीकृत गरेअनुसारको लागत अनुमान बमोजिम कार्य नगरी कम काम गरेर अधिक गरेको प्राविधिक मूल्याङ्कन गराइ भ्रष्टाचार गरेकाले निजहरूमाथि कैद र जरिवानाको सजायको माग गरिएको छ । निजहरूले रु ११ लाख भ्रष्टाचार गरेका अख्तियारले आज एक विज्ञप्ति निकालेर बताएको छ । 

अनियमितताका दुवै घटनामा गाउँपालिकालाई हानिनोक्सानी पुर्‍याउने बद्नियतले देखिएकाले आरोपितलाई कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असुल उपर हुन मागदाबी लिइएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  ५ : ०६ बजे

वाइडबडी प्रकरणमा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा विशेष

दयाराम स्मृति सम्मान शङ्कर लिम्बू र मानवअधिकार पुरस्कार पत्रकार मेनुका ढुङ्गानालाई

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको संरक्षण र प्रवर्द्धनमा

हर्क साम्पाङको ‘हर्कवाद’मा सांसदहरू मन्त्री बन्न नपाउने

काठमाडौं– श्रम संस्कृति पार्टीले आफ्नो मूल राजनीतिक सिद्धान्त ‘हर्कवाद’ घोषणा

विराटनगर इन्टरनेशनल कलेजको दीक्षान्त सम्पन्न

विराटनगर– विराटनगर इन्टरनेशनल कलेजले आइतबार वार्षिक दीक्षान्त समारोह–२०२५ सम्पन्न गरेको छ। सोल्टी

बजेट प्रभावकारी कार्यान्वयनमा सहजीकरण गर्न मुख्यमन्त्रीको आग्रह

काँक्रेविहार – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशसभाका सदस्यहरूलाई आफ्नो–आफ्नो