श्रीलंकाको पुनर्वास केन्द्रबाट ४० कैदी फरार « Khabarhub

श्रीलंकाको पुनर्वास केन्द्रबाट ४० कैदी फरार


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौंश्रीलंकाको उत्तर मध्य प्रान्तको काणाकादु उपचार तथा पुनर्वास केन्द्रबाट बुधबार राति करिब ४० जना कैदीहरू भागेको पुनर्वास आयुक्त जनरल दर्शना हेट्टियाराचीले बताइन् ।

कैदीहरू दुर्व्यसनीहरूको दुई समूहबीचको झडपपछि भागेको हेट्टियाराचीले सञ्चारमाध्यमलाई बताइन् । 

प्रहरीले झडपलाई नियन्त्रणमा लिएको तथा भाग्नेहरूलाई पक्राउ गर्नका लागि खोजी अभियान सुरु गरेको उनले बताए ।

यस्तै जनवरी १२ मा ६० जनाभन्दा बढी कैदीहरू केन्द्रबाट भागेका थिए ।

न्याय, कारागार मामिला तथा संवैधानिक सुधार मन्त्री विजयदास राजापाक्षेले काणाकादुको व्यवस्थापन परिवर्तन गर्न आवश्यक कदम चाल्ने बताए।  

डिसेम्बर २०२३  मा पनि दुई समूहबीचको झडपको क्रममा १३० भन्दा बढी कैदीहरू जेलबाट भागेका थिए । 

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  ५ : ३४ बजे

यामालसँगको तस्बिरबारे मेसीले भने : जीवनकै अविश्वसनीय संयोग

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले स्पेनका युवा स्टार लामिने

राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आज

म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता

गण्डकी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले म्याग्दीको बेनी–दरबाङ

गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने

गण्डकी – जल तथा मौसम विज्ञान विभागले आज र आइतबार

अमेरिका–इरान तनाव चर्कियो, पानी शुद्धीकरण प्लान्टहरू पनि आक्रमणको निशानामा

काठमाडौं – अमेरिका र इरानबीचको बढ्दो तनावका बीच समुद्रको खारा