गाजास्थित संयुक्त राष्ट्रसङ्घीय प्रशिक्षण केन्द्रमा आक्रमण, नौ जनाको मृत्यु « Khabarhub

गाजास्थित संयुक्त राष्ट्रसङ्घीय प्रशिक्षण केन्द्रमा आक्रमण, नौ जनाको मृत्यु


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गाजाको प्रमुख दक्षिणी सहर खान युिनसस्थित संयुक्त राष्ट्रसङ्घको प्रशिक्षण केन्द्रमा बुधबार आक्रमण गरी आगो लगाइएको छ । घटनामा परी  कम्तीमा नौ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घका अधिकारीले बताएका छन् । 

गाजामा प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्र सङ्घ राहत तथा योजना निकायका एजेन्सीका निर्देशक थोमस ह्वाइटले सामाजिक सञ्जाल एक्स (ट्रवीटर)मा जनाएअनुसार आठ सय जना मानिसहरु बसोबास गरिरहेको भवनमा गोलाबारी भएको थियो । आक्रमणमा  कम्तिमा नौ जनाको मृत्यु भएको छ भने अन्य ७५ जना घाइते भएका छन् । 

युएनआरडब्लुए र विश्व स्वास्थ्य संगठनका उद्धार टोलीहरू उद्धारको लागि केन्द्रमा पुग्ने प्रयास गरिरहेको उनले बताए । खान युनूसको पश्चिमी क्षेत्रमा इजरायली बम विस्फोटले प्रशिक्षण केन्द्रमा ठूलो आगलागी निम्त्याएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । 

आगलागीले भवनको ठूलो भागमा क्षति पुगेका कारण धेरै मृतक तथा घाइते व्यक्तिलाई  केन्द्र भित्रबाट बाहिर सार्नु परेको उनले बताए ।  

इजरायली सेनाले लगाएको घेराबन्दीका कारण एम्बुलेन्स र मेडिकल टोलीहरू जलिरहेको प्रशिक्षण केन्द्रमा पुग्न नसकेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।  

प्यालेस्टिनी विदेश मन्त्रालयले प्रशिक्षण केन्द्रमा भएको गोलाबारीको निन्दा गरेको छ। युएनआरडब्लुएका संस्था, कर्मचारी, विद्यालय, आश्रय र उपकरणहरूलाई इजरायलले सुनियोजित रूपमा आक्रमण गरेको मन्त्रालयले बताएको छ । 

पछिल्लो २४  घण्टामा, इजरायली सेनाले गरेको २४ वटा आक्रमणमा २१० प्यालेस्टिनीको मृत्यु भएको छ । आक्रमणमा अन्य ३८६ जना घाइते भएका छन् । 

सन् २०२३ अक्टोबर ७ देखि सुरु भएको आक्रमणजन्य घटनाका कारण २५ हजार ७०० प्यालेस्टिनीको मृत्यु भइसकेको छ । आक्रामणमा घाइतेहरूको कूल सङ्ख्या ६३ हजार ७४० पुगेको छ । 

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  ५ : ५८ बजे

अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स संलग्न नहुने

काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि

शोभाको लघुकथाकृति ‘आमाको आँखा’ सार्वजनिक

काठमाडौं – लघुकथा लेखनमा कलम चलाउँदै आएकी सर्जक शोभा अधिकारीको

एकैदिन कर्णालीका दुई महिलाको हवाई उद्धार

कर्णाली – आज कर्णाली प्रदेश अन्तर्गतका जिल्ला हुम्ला र कालीकोटका

पूर्णबहादुर खड्कालाई भेटेपछि गगनले भने : वृहत्तर एकताका लागि पहल सुरु गरेको छु

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको वृहत्तर एकताका

यौन हिंसाको कानुनबारे संवेदनशील बन्न आग्रह

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्‍वर