प्रहरीको पोशाकमा विमानस्थल पुगेर ३ अर्ब मूल्य बराबरको ७५० किलो सुन लुटियो « Khabarhub

प्रहरीको पोशाकमा विमानस्थल पुगेर ३ अर्ब मूल्य बराबरको ७५० किलो सुन लुटियो


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– ब्राजिलमा बन्दुकधारीहरूले कम्तिमा तीन करोड डलर(करीब ३ अर्ब नेपाली रुपैयाँ) बराबरको ७५० किलोग्राम सुन लुटेका छन् ।

उनीहरुले प्रहरीको पोशाकमा आएर साओ पावलोस्थित ग्वारुलियोस विमानस्थलबाट उक्त सुन लगेका हुन्।

उक्त सुन न्यूयोर्क र ज्यूरिक पुर्‍याउन लागिएको थियो। प्रहरीका अनुसार विमानस्थलका दुईजना कर्मचारीलाई बन्धक बनाएर उक्त सुन लगिएको हो । घटना बिहीवारको हो ।

सुनबारे गोप्य जानकारी लिनका लागि उनीहरुले विमानस्थलका एक वरिष्ठ अधिकारीका परिवारका सदस्यको अपहरण गरेको अनुमान गरिएको छ ।

सन्दिग्धहरूले पिकअप ट्रकलाई ब्राजिलको सङ्घीय प्रहरीको गाडीको स्वरूप दिएका थिए । उनीहरूले सुनलाई आफ्ना गाडीमा हाल्न विमानस्थलका कर्मचारीलाई बाध्य पारेका थिए।

भिडिओ फुटेजमा देखिए अनुसार गाडीबाट चारजना झरेका थिए र उनीहरूमध्ये कम्तीमा एक जनासँग राइफल थियो।

विमानस्थलका एकजना प्रवक्ताले घटनामा कोही पनि घाइते नभएको बताए।

यद्यपि कर्मचारीलाई बन्धक बनाइएको विषयमा उनले कुनै प्रतिक्रिया दिएनन्।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  १ : ४० बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल