बैजनाथ मन्दिरमा भगवान् शिवको प्राण प्रतिष्ठा « Khabarhub

बैजनाथ मन्दिरमा भगवान् शिवको प्राण प्रतिष्ठा


१२ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ स्थित प्राचिन सिद्धनाथ बैजनाथ मन्दिरमा आज कृष्ण प्रतिपदाको अवसर पारेर प्राण प्रतिष्ठाको कार्यक्रम गरी भगवान् शिवको मूर्ति स्थापना गरिएको छ ।

पञ्च ब्राम्हणले मन्त्रोच्चारण गरी भगवान् शिवको मूर्तिको प्राण प्रतिष्ठा गरेका हुन् । स्थानीय भक्तजनले चन्दा सङ्कन गरी मन्दिर निर्माणसँगै भारतबाट अराध्यदेव शिवको सिंहमरमरको मूर्ति ल्याएका हुन् । मूर्तिसँगै मन्दिरमा शिव लिङ्ग पनि स्थापना गरिएको छ ।

मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रममा नगर उपप्रमुख कल्पना पन्त, नगर प्रवक्ता लालबहादुर ऐर, वडाध्यक्ष कमल ठकुल्ला, दानसिंह ऐर, रमेश ऐर, नरेन्द्रप्रसाद चौधरीलगायत उपस्थित हुनुहुन्थ्योे । सिद्धनाथ बैजनाथ मन्दिर यसक्षेत्र कै प्राचीन मन्दिर हो ।

स्थानीय सामाजसेवी करन सिंह ऐरका अनुसार रु १० लाख चन्दा सङ्कलन गरी मन्दिर निर्माण गरिएको हो । मन्दिरको भौतिक पूर्वाधार विकासमा वडा कार्यालयबाट रु तीन लाख बरावरको सहयोग प्राप्त भएको छ ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ९ : ३८ बजे

राम्जाको गाउँदेखि काठमाडौँसम्म : सपनाको यात्रा तय गर्दै गायिका दीपिका पौडेल

‘तिमी राम्रो गाउँछौ, नाच्न पनि जान्दछौ।’यो एउटा सामान्य वाक्य जस्तो

४० वर्षदेखिको उद्योग बक्यौता उठ्न थाल्यो, ५१ करोडभन्दा बढी असुल

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि ४०

रोल्पाको थबाङमा पहिरो: तीन जनाको मृत्यु, दुई घाइते र नाै जना बेपत्ता

रोल्पा – रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका ४४

‘युवा पुस्ताले चाहेको परिवर्तन प्रविधि, उद्यमशीलता र अवसर हो’

चितवन– चितवनका युवाले उद्यमशीलतालाई राजनीतिसँग जोड्नुपर्नेमा जोड दिएका छन् ।