दरबार हत्याकाण्डका विषयलाई लिएर हामी र हाम्रो परिवारबारे भ्रम फैलाइयो : पूर्वराजा शाह « Khabarhub

दरबार हत्याकाण्डका विषयलाई लिएर हामी र हाम्रो परिवारबारे भ्रम फैलाइयो : पूर्वराजा शाह


१३ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डका विषयलाई लिएर आफ्नो र आफ्नो परिवारबारे भ्रम फैलाइएको बताएका छन् ।

शनिबार वीरगञ्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले ०५८ साल जेठ १९ गते भएको घटनालाई लिएर जालझेल गरी, नेपालीको मनमा भ्रमको बादल बनाइ नकारात्मक भावना फैलाएको टिप्पणी गरेका हुन् । उनले आफ्नो र आफ्नो परिवारलाई घातक प्रहार भएको पनि बताए ।

उनले भनेका छन्, ‘जेठ १९ २०५८ मा घटेको विनाशकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहालीलाग्दो र सम्झन मन नपराउने अवस्थालाई जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाइ नकारात्मक भावना फैलाइएको थियो । हामी र हाम्रा परिवारलाई घातक प्रहारहरु पनि गरेका थिए ।’

सत्य सधैँ सत्य नै रहने भन्दै पूर्वराजा शाहले प्रत्यक्षदर्शी हुँदा हुँदै पनि अज्ञानता र छलले अझै पनि बहकिरहेको विषय अन्यायपूर्ण मात्रै नभएर दुर्भाग्यपूर्ण पनि रहेको बताएका छन् ।

वीरगञ्जमा पूर्वराजा शाहले गरेको सम्बोधन-

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ५ : ०७ बजे

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’

टर्की, पाकिस्तान र साउदी अरबको रक्षा सम्झौता

एजेन्सी– टर्की सरकारले साउदी अरब र पाकिस्तानसँग भएको मक्का संयुक्त

आगजनीबाट एक करोड ५० लाखभन्दा बढीको क्षति

राँझा– बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको