नेपाली सेना फोटो प्रदर्शनीको दश हजारले गरे अवालोकन « Khabarhub

नेपाली सेना फोटो प्रदर्शनीको दश हजारले गरे अवालोकन


१३ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली सेना फोटो तथा युनिट विशेष प्रदर्शनी करिब १० हजार जनाले अवलोकन गरेका छन् ।

नेपाली सेनाद्वारा सेना दिवसका अवसरमा जङ्गीअड्डा परिसरमा आयोजित पाँच दिनसम्म सञ्चालित उक्त प्रदर्शनीे १० हजार जनाले अवलोकन गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको हो ।

माघ ९ देखि १३ गतेसम्म सञ्चालन रहेको प्रदर्शनीमा सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधि झल्कने डकुड्रामा, फोटो, हातहतियार र उपकरणहरू राखिएको थियो ।

प्रदर्शनीमा सैनिकसम्बन्धी पोशाक, ब्याण्ड, हवाई सेवा, घोडचढी, जङ्गल तथा पहाडी युद्धकला, विशेष फौज, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद तथा विद्यालयलगायतको विविध गतिविधि र श्रव्यदृश्य सामग्रीसमेत राखिएको थियो ।

प्रदर्शनीबाट अवलोकनकर्तालाई सेनाको ऐतिहासिक विकासक्रम र वर्तमान समयमा निर्वाह गरिरहेको भूमिकाबारे जानकारी दिइएको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ८ : ३४ बजे

सुकुमवासी व्यवस्थापनमा स्थानीय सरकारले सहयोग गरेन : मन्त्री रावल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री

भारत भ्रमणमा कोशीको चार जिल्लाका स्थानीय जनप्रतिनिधिको टोली 

काठमाडौं– कोशी प्रदेशका इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लाका मेयर,

गोलबजार घटनाको छानबिन गर्न गठित समितिद्वारा छलफल सुरु

जनकपुरधाम– आन्दोलनका क्रममा सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश

निम्स दाइसहितका आरोहीको सम्झनामा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा

ओली-प्रचण्डकै गल्ती दोहोर्‍याउँदै रवि-वालेन्द्र

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीप्रति राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरूले चित्त