एनटीएले जित्यो डोजाङ तेक्वान्दोको उपाधि « Khabarhub

एनटीएले जित्यो डोजाङ तेक्वान्दोको उपाधि


१३ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दिनेश दाहाल स्मृति पाँचौं अन्तर डोजाङ तेक्वान्दो प्रतियोगितामा नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) च्याम्पियन बनेको छ । शनिबार सम्पन्न भएकाे प्रतियाेगितमा एनटीएले ८ स्वर्ण, ५ रजत र ३ कांस्य जित्दै ट्रफी उचालेको हो ।

डाँछीस्थित अल्पाइन एकेडेमीमा भएको प्रतियोगितामा ७ स्वर्ण, ५ रजत र १२ कांस्यसाथ अल्पाइन एकेडेमी दोस्रो भयो । त्यस्तै ६ स्वर्ण, १२ रजत र २२ कांस्य जितेको सनसाइन स्कुलले तेस्रो स्थान प्राप्त गर्यो । प्रतियोगितको आयोजना एनटीए र अल्पाइन एकेडेमीद्वारा संयुक्त गरेका थिए । विभिन्न ३० स्पर्धामा १ सय ४० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

विजेतालाई कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की, तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का, तेक्वान्दो मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ, प्रतियोगिता संयोजक अल्पाइन एकेडेमीका प्रिन्सिपल अनन्तराम ढकाललगायतले पुरस्कार हस्तान्तरण गरेका थिए ।

त्यस्तै कार्यक्रममा १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण जितेको तेक्वान्दोका वीरबहादुर महरालाई दिनेश दाहाल स्मृति खेलकुद प्रतिभा सम्मानसहित सम्मानित गरिएको थियो । त्यस्तै खेल पत्रकार प्रजित शाक्य र सीताराम कोइरालालाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  १० : १३ बजे

‘भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्न सरकारको ध्यान केन्द्रित’

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनका साथै मुलुकमा भ्रष्टाचारको अन्त्य गर्दै

एमालेले आफूलाई परिवर्तन नगरे कम्युनिस्ट आन्दोलन संकटमा पर्छ : ईश्वर पोखरेल (दस्तावेजसहित)

काठमाडौं-  नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने गरी

सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु

एजेन्सी– सुडानको दक्षिण कोर्डोफान राज्यको कालोगी क्षेत्रमा बिहीबार भएको आक्रमणमा

यस्तो छ ईश्वर पोखरेलले तयार पारेको ४० पेज लामो दस्तावेज 

काठमाडौं– एघारौँ महाधिवेशनमा आफ्ना माग र मुद्दाहरू सम्बोधन गर्नुपर्ने भन्दै

दस्तावेज बुझाउँदै वरिष्ठ उपाध्यक्ष पोखरेल : हाम्रा मुद्दाहरू महाधिवेशनमा समावेश हुन्छन्

काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एघारौँ महाधिवेशनमा प्रस्तुत