उपत्यकाका विभिन्न स्थानमा चोरी गर्ने चार जना पक्राउ « Khabarhub

उपत्यकाका विभिन्न स्थानमा चोरी गर्ने चार जना पक्राउ


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकाका विभिन्न स्थानमा चोरी गर्ने कार्यमा संलग्न ४ जनालाई महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उपत्यकाका बिभिन्न स्थानबाट बिहीबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा नागार्जुन नगरपालिका-४ बस्नेहरु २४ वर्षीय अमित तुलाधर, २१ वर्षीय अब्य तुलाधर तथा ३३ वर्षीय हरिकृष्ण तिवारी र काठमाडौं सितापाईला बस्ने जुम्ला सिंजा धाफा घर भएका २५ वर्षीय हरि शर्मा रहेका छन् ।

वर्ल्डलिन्क कम्युनिकेशन प्रालि जवालाखेल कुसुन्ति शाखाबाट नगद १६ लाख ८० हजार १ सय ६३ रुपैयाँ बराबरको ईन्टरनेटमा प्रयोग हुने बिभिन्न डिभाइस लोड गरी ट्रान्सएयर ईन्टरनेसनल लोजिस्टिक प्रालि डोमेस्टिक कार्गोबाट चितवन, हेटौंडा र बुटवलतर्फ लैजाने क्रममा काठमाडौं शंखमुलस्थित सडकबाट साउन ८ गते उक्त सामान चोरी भएको थियो ।

विगत केही समयदेखि काठमाडौं उपत्यकाभित्र गुडीरहेका गाडीबाट बिभिन्न सामानहरु चोरी गर्ने कार्यमा संलग्न रहेका मानिसहरुको खोजी गर्ने क्रममा उक्त डिभाइस चोरी गरी लाने कार्यमा संलग्न उनीहरुलाई ३ कार्टुन डिभाइस सहित प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ५ : ०३ बजे

मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु

सुनसरी– सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित तीनकुने मिलिजुली स्कुलनजिक आज बिहान

रास्वपाले आफ्ना सांसदलाई आजदेखि संसदीय अभ्यास र नेतृत्व विकास सम्बन्धी प्रशिक्षण दिँदै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘सक्षम सांसद, सशक्त संसद’

जनकपुरधाममा आज न्यायिक महोत्सव हुँदै 

धनुषा– उच्च अदालत जनकपुरले आज मधेस प्रदेशमा पहिलो पटक न्यायिक

कांग्रेसले आज धनगढीमा प्रदेशस्तरीय भेला गर्दै, सभापति थापाले उद्घाटन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसले आज सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश र स्थानीय

सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया

भैरहवा– अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख नभएका कारण रोकिएका आयातित