राष्ट्रपति पौडेलसमक्ष राष्ट्रियसभाको निर्वाचनको प्रतिवेदन पेस « Khabarhub

राष्ट्रपति पौडेलसमक्ष राष्ट्रियसभाको निर्वाचनको प्रतिवेदन पेस


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले राष्ट्रियसभाको यही माघ ११ मा सम्पन्न निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको छ । आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ सदस्यका लागि सात प्रदेशमा निर्वाचन भएको थियो ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेललाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन बुझाएका हुन् ।

राष्ट्रियसभा प्रदेशसभाका सदस्य र नगरपालिकाका प्रमुख/उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता रहने व्यवस्था छ ।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रियसभा सदस्य निर्वाचन, २०८० को निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए ।

सो अवसरमा निर्वाचन आयुक्तहरू रामप्रसाद भण्डारी, डा जानकीकुमारी तुलाधार, सगुनशमशेर जबरा, सचिव सूर्यप्रसाद गौतमलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ६ : ४५ बजे

इयू टी–२० लिग : जेबी ब्रुग्स २७ रनले पराजित

काठमाडौं – बेल्जियममा पहिलो पटक आयोजना भइरहेको इयू टी–२० लिगमा

सात वर्षपछि भारत साफ महिला च्याम्पियन, फाइनलमा बंगलादेश ३–१ ले पराजित

काठमाडौं – भारतले सात वर्षको प्रतीक्षापछि साफ महिला च्याम्पियनसिपको उपाधि

चित्रकलामा मध्यपुरका सम्पदा

काठमाडौं – मध्यपुरथिमिको संस्कृति र सम्पदाको संरक्षणका लागि आजदेखि यहाँ

हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार

कास्की – पोखरा–६ बैदामस्थित फेवा तालमा ‘बोटिङ’ गर्ने क्रममा हुरीका

कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ

म्याग्दी – ‘जेनजी’ आन्दोलनको क्रममा कास्की कारागारबाट भागेका एक जना