बंगलादेशसँग मिलेर काम गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता | Khabarhub Khabarhub

बंगलादेशसँग मिलेर काम गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बङ्गलादेशको नयाँ नेतृत्वसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बंगलादेशको प्रधानमन्त्रीमा शेख हसिना पुनःनिर्वाचित भएपछि प्रधानमन्त्री दाहालले उनलाई पठाएको बधाई सन्देशमा बंगलादेशको नेतृत्वसँग मिलेर काम गरिरहने प्रतिबद्धता व्यक्त गरेका हुन् । 

बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले त्यहाँका नवनियुक्त परराष्ट्रमन्त्री डा हसन महमुदसँग शनिबार भएको शिष्टाचार भेटमा प्रधानमन्त्री दाहालले  दुई देश र जनताको पारस्परिक हितका लागि सहकार्य गर्ने प्रतिबद्धता सन्देशमा व्यक्त गरेको जानकारी दिएका थिए । 

त्यसअवसरमा राजदूत भण्डारीले परराष्ट्रमन्त्रीमा डा हसन महमुद नियुक्त भएकोमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले उनलाई सम्बोधन गरेर पठाएको बधाईपत्र हस्तान्तरण गरेको ढाकास्थित नेपाली राजदूतवासले जनाएको छ । 

त्यसअवसरमा नेपाल–बङ्गलादेशबीचको आर्थिक सहयोगलाई थप मजबुत बनाउने उपायबारे विचार आदानप्रदान भएको थियो । परराष्ट्रमन्त्री महमुदले आफूले गरेको नेपालको  औपचारिक स्मरणको स्मरण गर्दै दुई देशबीचको उत्कृष्ट द्विपक्षीय सम्बन्धप्रति सन्तोष व्यक्त गरे । 

उनले व्यापार, पर्यटन, ऊर्जा, जलवायु परिवर्तन र जनस्तरको सम्पर्कका क्षेत्रमा रहेको सम्भावनालाई सदुपयोग गर्नुपर्नेमा जोड दिएका थिए । हामीले हाम्रा देशहरूबीचको ऊर्जा व्यापारलाई यथाशीघ्र अघि बढाउन मिलेर काम गर्नुपर्छ र वार्तालाई तीव्रता दिनुपर्नेमा जोड दिए। 

राजदूत भण्डारीले परराष्ट्र मन्त्रालयको परामर्श, ऊर्जासम्बन्धी संयुक्त सञ्चालन समिति, वाणिज्य सचिवस्तरीय बैठकलगायत विभिन्न द्विपक्षीय संयन्त्रमा भएका प्रगतिबारे परराष्ट्रमन्त्रीसँगविचार  आदान–प्रदान गरेका थिए । उनले द्विपक्षीय साझेदारीबारे प्रकाश पार्दै व्यापार, ऊर्जा, कनेक्टिभिटी, शिक्षा र पर्यटनजस्ता क्षेत्रमा घनीभूत सहकार्य आवश्यक भएको बताएका थिए ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ३ : १० बजे

प्रधानमन्त्री कार्की र पूर्व राष्ट्रपति यादवबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा रामवरण यादवबीच

भदौ अन्तिम साताको हिंसा र देश दोहनलाई परिवर्तन ठान्नु गलत : ज्ञवाली

काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो

सेबु, फिलिपिन्स – मध्य फिलिपिन्समा आएको काल्मेगी आँधीका कारण देशभर

आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा

बङ्गलादेश – बङ्गलादेशको सेनाले आगामी वर्षको शुरुमा हुने देशको १३औँ

सात दिनभित्र लिखित जवाफ पेस गर्न दलबाहेकलाई सर्वाेच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले जेनजी आन्दोलन सुरु भएको विषयमा राजनीतिक दलहरूलाई