बिक्री भयो ‘पुजार सार्की’ को इन्टरनेसनल राइट्स « Khabarhub

बिक्री भयो ‘पुजार सार्की’ को इन्टरनेसनल राइट्स


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मल्टिस्टारर फिल्म ‘पुजार सार्की’को इन्टरनेसनल राइट्स बिक्री भएको छ ।

एमएमएस इन्टरटेन्मेन्टले इन्टरनेसनल राइट्स खरिद गरेको फिल्मका निर्देशक दिनेश राउतले खबरहबलाई जानकारी दिए । उनले कतिमा राइट्स बिक्री भएको हो भन्ने चाहिँ खुलाउन मानेनन् ।

उनले भने, ‘नेपाली फिल्मलाई विदेशमा विस्तार गर्ने उद्देश्यले प्रवासमा रहेका नेपालीहरुले स्थापना गरेको कम्पनीलाई राइट्स बेचेकाले पैसा नखुलाउने सहमति भएको छ । खुलाउँदा उहाँहरुलाई पछि काम गर्न असहज हुन्छ ।’

फिल्मको फस्ट लुक पोस्टर सार्वजनिक भएलगत्तै राइट्स बिक्री भएको हो । नायक आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको मुख्य अभिनय रहने यो फिल्म मंगलबार (भोलि) बाट छायांकनमा जाँदैछ ।

विकास सुवेदीको लेखन रहेको यो फिल्ममा सुवास भुसालको लगानी रहेको छ ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ४ : १० बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्