सरकारको वर्षदिनप्रति कांग्रेसको धारणा– प्रधानमन्त्रीले देशलाई राम्रै मनोरञ्जन दिए ! « Khabarhub

सरकारको वर्षदिनप्रति कांग्रेसको धारणा– प्रधानमन्त्रीले देशलाई राम्रै मनोरञ्जन दिए !


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकार ‘तेस्रो श्रेणी’मा पनि उत्तिर्ण हुन नसकेको टिप्पणी भन्दै आलोचना गरेको छ ।

आइतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गर्दै कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले सरकारको १ वर्षे अवधिबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै सरकार तेस्रो श्रेणीमा समेत उत्तिर्ण हुन नसकेको टिप्पणी गरेका हुन् ।

वर्तमान सरकारले भ्रष्टाचारमा छलाङ मारेको उल्लेख गर्दै शर्माले भने, ‘सरकारले एक वर्षको अवधिमा विश्वसनीयता गुमायो, बूढीगण्डकीमा राष्ट्रघात भयो ।’

प्रवक्ता शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीमा शासकीय क्षमता र योग्यता समेत नदेखिएको आरोप समेत लगाए । प्रधानमन्त्री ओलीले देशबासीलाई ‘मनोरञ्जन’ मात्रै दिएको भन्दै शर्माले व्यंग्य गरे ।

सरकार गठनको १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले फागुन २ गते देशबासीका नाममा गरेको सम्बोधनप्रति शर्माले भने, ‘प्रधानमन्त्री जब बोल्न थाल्नुहुन्छ, नागरिकले जिम्मेवार राजनेताको अभिव्यक्ति पाउँदैनन् । रमाइला अभिव्यक्ति पाउँछन् । यो एक वर्षमा उहाँले देशलाई राम्रै मनोरञ्जन दिनुभयो ।’

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ५ : ५३ बजे

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित

अफगानिस्तानको राजधानीमा बम विस्फोट, सात जनाको मृत्यु

काबुल – अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको विस्फोटमा परी कम्तीमा

सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षरोपण गरिने

सोलुखुम्बु – विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वल्र्ड पिस

स्याङ्जामा कांग्रेसबाट मल्ल र ढकाल उम्मेदवार बन्ने

काठमाडौं – स्याङ्जामा नेपाली कांग्रेसका पूर्व सांसद भागवतप्रकाश मल्ल र