सरकारको वर्षदिनप्रति कांग्रेसको धारणा– प्रधानमन्त्रीले देशलाई राम्रै मनोरञ्जन दिए ! « Khabarhub

सरकारको वर्षदिनप्रति कांग्रेसको धारणा– प्रधानमन्त्रीले देशलाई राम्रै मनोरञ्जन दिए !


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकार ‘तेस्रो श्रेणी’मा पनि उत्तिर्ण हुन नसकेको टिप्पणी भन्दै आलोचना गरेको छ ।

आइतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गर्दै कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले सरकारको १ वर्षे अवधिबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै सरकार तेस्रो श्रेणीमा समेत उत्तिर्ण हुन नसकेको टिप्पणी गरेका हुन् ।

वर्तमान सरकारले भ्रष्टाचारमा छलाङ मारेको उल्लेख गर्दै शर्माले भने, ‘सरकारले एक वर्षको अवधिमा विश्वसनीयता गुमायो, बूढीगण्डकीमा राष्ट्रघात भयो ।’

प्रवक्ता शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीमा शासकीय क्षमता र योग्यता समेत नदेखिएको आरोप समेत लगाए । प्रधानमन्त्री ओलीले देशबासीलाई ‘मनोरञ्जन’ मात्रै दिएको भन्दै शर्माले व्यंग्य गरे ।

सरकार गठनको १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले फागुन २ गते देशबासीका नाममा गरेको सम्बोधनप्रति शर्माले भने, ‘प्रधानमन्त्री जब बोल्न थाल्नुहुन्छ, नागरिकले जिम्मेवार राजनेताको अभिव्यक्ति पाउँदैनन् । रमाइला अभिव्यक्ति पाउँछन् । यो एक वर्षमा उहाँले देशलाई राम्रै मनोरञ्जन दिनुभयो ।’

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ५ : ५३ बजे

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्

राप्रपामा रोकिएन एमालेसँग मिल्दा चर्किएको विवाद, केन्द्रीय कार्यालय घेर्दै बागमतीका नेताहरू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यकारिणी समितिले गरेको कारबाहीविरुद्ध