'संसद्मा केपी शर्मा ओली' विमोचित | Khabarhub Khabarhub

‘संसद्मा केपी शर्मा ओली’ विमोचित


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौंपूर्वराष्ट्रप्रति विद्यादेवी भण्डारी ‘संसद्मा केपी शर्मा ओली’ग्रन्थ लोकार्पण गरेकी छन् ।

समान पहुँच नेपाल र सभ्यता अन्वेषण केन्द्रको आयोजनामा आज भएको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओली वर्तमान राजनीतिका सर्वाधिक लोकप्रिय र प्रतिभाशाली व्यक्तित्व भएकोले उनी सम्बोधनका शृङ्खलालाई लिपिबद्ध गरिनु महत्वपूर्ण भएको बताइन्। 

यस कृतिले नेपाली राजनीतिको एक इतिहास र समृद्धिका लागि ओलीको योगदानको झझल्को मिल्ने उनले बताइन्।

प्रा डा ऋषिराम शर्मा, प्रा डा हेमनाथ पौडेलका सहयोगमा  पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्तिमा रहेका व्यञ्जना विषयक विद्यावारिधिको शोधार्थी सानुमैया खड्का (सविता)ले उक्त कृति तयार गरेका हुन् ।

एमाले अध्यक्ष ओली, महासचिव शंकर पोखरेल, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकूलपतिहरु वैरागी काइँला र गंगाप्रसाद उप्रेती, लेखक पुरुषोत्तम दाहाललगायतको सहभागितामा भएको कार्यक्रममा ओलीका जनता र देश केन्द्रित विचार र पहलको प्रशंसा गरिएको थियो । 

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ६ : ११ बजे

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ ।‍  

देउसी–भैलोबाट सङ्कलित रकम सामाजिक काममा

भोजपुर– भोजपुरका एक युवाहरूको समूहले देखाएको सामाजिक जागरण र समर्पण

एन्फा र ‘ए’ डिभिजन क्लबबीचको बैठक आज बस्दै

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘ए’ डिभिजन क्लबबीच

अबको बाटो: राजनीतिक पुनर्जागरण-पुनर्निर्माण

मन अमिलो पारेर लेख्नुपर्दा देशको गन्तव्य अन्योलग्रस्त अवस्थामा छ ।

राष्ट्रपति पौडेल कतार प्रस्थान (तस्बिरसहित)

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहा प्रस्ताथन गरेका छन्